Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

गाउँपालिकामा फेरि तालाबन्दी

प्रतिक्षा खबर
२०७८ आश्विन २५, सोमबार १८:२९

धनुषाको बटेश्वर गाउँपालिकाका बालविकास शिक्षक तथा कर्मचारीहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्
तलव वृद्धिको माग गर्दै उनीहरूले सोमबार बिहान १० बजेको समयमा पालिकाका सम्पूर्ण बालविकास शिक्षक/शिक्षिकाले गाउँपालिकाको मूलढोकामा ताला लगाएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको बजेट भाषणबाट देशभरका सम्पूर्ण सामुदायिक विद्यालयका कार्यालय सहयोगी र बालबिकासमा कार्यरत शिक्षक/शिक्षकाको तलब वृद्धि गरेर १५ हजार दिने घोषणा गरेका थिए ।
१५ हजारमा ८ हजार संघीय सरकारले र ७ हजार स्थानीय सरकारले दिने गरी बजेट भाषण भएपनि स्थानीय सरकारले आफूहरूको तलव वृद्धि नगरेकोले तालाबन्दी गर्नुपरेको बताए ।
‘गएको जेठमा तत्कालीन ओली सरकारले गरेको बजेट भाषणबाट निमावि तर्फका र मावि तर्फका कार्यालय सहयोगीको तलब वृद्धि गरेर १५ हजार निर्धारण गर्नुभयो ।’, उनले भने, ‘१५ हजारमा ८ हजार संघीय सरकार र ७ हजार स्थानीय सरकारले दिने कुरा थियोे । तर, स्थानीय सरकारले दिएनन् ।
आन्दोलनरत शिक्षक कर्मचारीहरुले सरकारले तोकेअनुसारको तलव उपलब्ध गराउन आग्रह गरेका छन् । सरकारले आर्थिक बर्ष २०७८÷०७९ को घोषित बजेट अनुसार तलवभत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको आन्दोलनरत शिक्षिका कुशम महतोले बताइन् ।
‘छिमेकी स्थानीय तहहरुले नेपाल सरकारले घोषणा गरे बमोजिमको तलब वृद्धि गरेपनि यो गाउँपालिकाले आयव्यय नभएको कारण देखाउदै तलब दिन पन्छिएको छ ।’, उनले भनिन्
आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले स्थानीय तहले समयमै माग सम्बोधन नगरे गाउँपालिकाभरका सबै सामुदायिक विद्यालयहरु बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
यता बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतोले आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुबीच कात्तिक ११ गते बैठक बस्ने गरी सहमति भएको बताएका छन् ।
गाउँपालिकामा चाहिने जति बजेट शिक्षामा निकासी नभएकोले संघीय सरकारले निर्धारण गरेबमोजिमको तलब खुवाउन नसकेको बताए ।
‘अहिले गाउँपालिकाका केही कर्मचारी तथा पदाधिकारीहरु बाहिर रहेका कारण आउँदो कात्तिक ११ गते बैठक बस्ने गरी सहमति गरेर तलब उपलब्ध गराउने छु’, उनले टुडेपाटीसित भने ।
अहिले आन्दोलनरत बालबिकास शिक्षक तथा कर्मचारीहरुबीचको मौखिक सहमतिपछि गाउँपालिका कार्यालयको मुलढोकामा लगाइएको ताला खोलिएको महतोले जानकारी दिए ।
यसअघि गएको फागुन १७ गते गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले ८ लाख घुस प्रकरणमा समेत गाउँपालिकाको कार्यालयमा तालाबन्दी भएको थियोे ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर