Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

लक डाउनकाे उलघंन गर्नेलाइ हुन्छ यस्ताे सजाय

प्रतिक्षा खबर
२०७६ चैत्र १२, बुधबार ०८:२६

सुवास कर्ण

जनकपुरधाम, कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि सतर्कता अपनाउने सरकारले मंगलबारदेखि देशैभरि एक साताका लागि ‘लकडाउन’ अर्थात आंशिक कफ्र्युको घोषणा गरेको छ ।
लकडाउन हाम्रै तपाईको सुरक्षा र जीवन रक्षाका लागि सरकारद्वारा चालिएको ठोस कदम हो । कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनको अवधिमा नागरिकले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन पाउने छैनन् ।
लकडाउनमा सम्पूर्ण उद्योग व्यवसाय बन्द गरिनुका साथै सार्वजनिक र निजी सवारी साधनमा पूर्ण रोक लगाइएको छ । यस अवधिमा, स्वास्थ्यकर्मी, सुरक्षा निकायका सवारी र सम्बन्धित निकायबाट तोकिएका इजाजत प्राप्त सवारी मात्र चल्नेछन् । यद्यपि औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कने सक्नेछन् ।
लकडाउन उल्लंघन गरेमा यस्तो कारवाही
कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ । सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन् ।
त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ। सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था छ ।

त्यस्तै सरकारी अधिकारीको काममा बाधा र्पुयाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै हुन सक्नेछ ।
मानिसहरूको आवतजावत र घुलमिलबाट कोरोना संक्रमण सबैभन्दा छिटो सर्ने भएकाले संसर्ग रोकेर प्रकोप फैलिनबाट रोक्न ‘लकडाउन’ गरिएको हो। कोरोना भाइरसको प्रकोप फैलिएका विश्वका विभिन्न देश र शहरहरूमा अहिले यस्तो ‘लकडाउन’ गर्ने क्रम बढिरहेको छ ।
कोरोना भाइरस संक्रमण भएपछि सबैभन्दा पहिले चीनको वुहान शहरलाई यसरी नै ‘लकडाउन’ गरी प्रकोप नियन्त्रणमा लिइएको थियो । वुहानको अनुभव र विज्ञहरूको भनाइमा कोरोना भाइरसको प्रकोप फैलिन नदिने ‘लकडाउन’ नै प्रभावकारी उपाय हो ।

अघिल्लो हप्तादेखि नै अन्तर्रा्ष्ट्रिय उडान र लामो दुरीका सवारी साधनमा रोक, ठूला भेला र भिडभाड नियन्त्रण गर्दै आएको सरकारले आइतबार काठमाडौंमा फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै ‘लकडाउन’ गर्ने निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर