Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बलात्कार मुद्दामा सिद्धबाबाले उच्चबाट पाए सफाइ

प्रतिक्षा खबर
२०८१ भाद्र २५, मंगलवार २०:४२

२५ भदौ, विराटनगर। आफ्नै अनुयायीमाथि बलात्कारको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले उच्च अदालत विराटनगरबाट पनि सफाइ पाएका छन् ।

बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्रविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो ।

जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो ।

२०७६ कात्तिक दोस्रो साता राति साढे १२ बजे चतरास्थित आश्रममा कृष्णबहादुर गिरीले जवरजस्तीकरणी गरेको दाबीसहित उनकै अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

अनुयायी बलात्कार आरोपको मुद्दामा जिल्ला अदालत सुनसरीले गत २७ भदौ २०८०मा गिरीलाई सफाइ दिएको थियो ।

त्यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश (हाल उच्च अदालतका न्यायाधीश) अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । तर, उच्च अदालत विराटनगरले पुन: प्रमाण बुझेर फैसला गर्नु भन्दै जिल्लामै मुद्दा फर्काइदिएपछि जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले २७ भदौ २०८० मा सफाइ दिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर