Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

संघीय सरकारले मधेशकाे शिक्षा बरबाद गरेकाे : मन्त्री शर्मा

प्रतिक्षा खबर
२०८१ पुष १३, शनिबार २१:३५

नागेन्द्र कुमार यादव
रामगोपालपुर, पुष १३ : मधेश प्रदेशकाे शिक्षाकाे अवस्था कमजाेर हुनुकाे कारण संघ सरकार रहेकाे मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले बताएकी छिन् ।

संघीय सरकारले जानेर मधेश प्रदेशकाे शिक्षालाई बर्बाद गर्न लागेकाे छ । संघीय सरकारले प्रदेश सरकारलाइ शिक्षा सम्बन्धि कुनैपनी काम गर्ने अधिकार न दिएकाेले मधेश प्रदेशकाे शिक्षाकाे अवस्था दिन प्रतिदिन खराब हुँदै गइरहेकाे छ । शनिवार महाेत्तरीकाे साेनमा गाउँपालिका वडा नम्बर ६ मंगरथानामा नेवालाल राष्ट्रिय अधारभुत विद्यालयमा आयोजित ८काेठे भवनकाे उदघाटन कार्यम्रममा बोल्दै मन्त्री शर्मा यस्तो बताएकी हुन् ।

उनले भनिन् संघीय सरकारले षडयन्त्र तहत मधेशको शिक्षा बरर्बाद गर्ने गरी सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गरेको छैन । कानूनमा ५० विद्यार्थीमा प्रति विषय एक शिक्षकको व्यवस्था गरेको छ । तर यहाँ अवश्यक्ता अनुसार शिक्षक राखिएकाे छैन । तर पहाडतिर २०÷२५ जना मै एक शिक्षकको व्यवस्था गरेको छ ।याे नै सबैभन्दा ठुलाे विभेद हाे ।

मन्त्री तिवारीले प्रदेश सरकारले शैक्षिक स्तर उकास्न ल्याउन लागेको शैक्षिक कार्यविधिमा प्रत्येक माध्यमिकस्तरसम्मको विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरेको छ । तर संघ सरकारले तोकेका सचिवले हाम्रो अधिकार क्षेत्र पर्दैन भनेर अड्चन गरिरहेका छन् ।

कार्यक्रममा लाेसप नेपालका बरिस्ठ नेता एवम संघीय सरकाे श्रम राेजगार तथा समाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले मधेशको शैक्षिक स्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै भने यहाँ निशुल्क शिक्षा र पूर्वाधार भएपनि गरीबी र जनचेतनाको आभावको कारण शैक्षिक स्तर खस्किदैं गएको हो ।

मधेशको शैक्षिक स्तर खस्किनुमा तिनै तहका सरकार दोषी रहेको भन्दै यसमा प्रदेश सरकारले पनि आफ्नोस्तरबाट थप काम गर्नुपर्ने आवश्यकता रहेकोमा मन्त्री भण्डारीले जोड दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर