Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण १५, बिहीबार ०८:५६

सुरेश बिडारी
१५ साउन, वीरगञ्ज । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।
वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए ।
११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । अस्पतालका चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा भिडभाडमा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।
त्यसैगरी वीरगञ्ज कै ४९, ५४ वर्षका पुरुष, वीरगञ्ज– २५ सिर्सियाका ६० वर्षीया महिला, ४२ र १८ वर्षका पुरुष र ५ वर्षीय बालकमा पनि कोरोना देखिएको छ । वीरगञ्ज–१२ मुर्लीका ३ वर्षीया बालिका, २३ वर्षीया महिला र २८ वर्षका पुरुष, वीरगञ्ज–५ का २४ वर्षका पुरुष र ४८ वर्षीया महिला, वीरगञ्ज–८ पानीट्याङकीका २३ वर्षीय पुरुष, ३० वर्षीया महिला, वीरगञ्ज–१ छपकैयाका ३० वर्षका पुरुष, वीरगञ्ज– १० घडिअर्वाका ३६ वर्षीय पुरुष, वीरगञ्ज–२ छपकैयाका २० वर्षीय पुरुष, वीरगञ्ज–१६ राधेमाई ३५ वर्षीय पुरुष, वीरगञ्ज–२३ प्रसौनीविर्ताका २७ वर्षीय पुरुष, वीरगञ्ज–४ विर्ताका ४० वर्षीया महिला, ३७, ३८ र ३४ वर्षका पुरुष, वीरगञ्ज– ३ का ३० वर्षका एकजना पुरुष र २८ वर्षीया एकजना महिला, वीरगञ्ज–१५ का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
वीरगञ्ज–१२ जिल्ला प्रहरी कार्यालय अगाडी ५० र २५ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
त्यस्तैगरी पर्साकै छिपहरमाई–२ टिहुकीका ३५ वर्षीय, जगरनाथपुरका २२ वर्षीय पुरुष, पटेर्वासुगौली गाउँपालिका ५ को २५ र २८ वर्षका पुरुष र २४ वर्षका महिलामा संक्रमण देखिएकाे हाे ।
बाराकाे जीतपुर हेल्थ पोष्टमा कार्यरत २४ र २७ वर्षका पुरुष र बाराको कलैया १ का ३४ वर्षीय पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर