Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

एक शहर विद्रोहीको कब्जामा, सेनाले गरे आत्मसमर्पण

प्रतिक्षा खबर
२०८० चैत्र २५, आईतवार २०:३६

२५ चैत, काठमाडौं । तीन वर्ष अघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ ।
पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसर्पण गरेको छ ।
केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो स्थानबाट विद्रोहीहरुले सेनाको टोलीलाई लखेटेका थिए । अहिले फेरि अर्को एक म्यावड्डी शहरलाई विद्रोहीहरुले आफ्नो कब्जामा लिन सफल भएका छन् ।
थाइल्याण्डसँग म्यानमारको अधिकांश स्थल व्यापार यही म्यावड्डी शहर हुँदै हुने गर्दछ । यहाँ सरकारी सेनाले विद्रोहीहरुसमक्ष आत्मसर्पण गर्नु सैन्य शासकका लागि ठूलो धक्का भएको बीबीसीले जनाएको छ ।
ती सैनिकहरु हप्तौंदेखि म्यानमारका क्यारन विद्रोही र सैन्य कूको विरोध गर्ने अन्य संगठनहरुसँग लडिरहेका थिए । तर गत शुक्रबार क्यारन नेशनल युनियन सामु सेनाको एक बटालियनलाई आत्मसर्पण गरेको छ ।
क्यारन विद्रोहीहरु म्यावड्डी शहरमा तैनाथ एक बटालियन सेनाको नेतृत्वसँग वार्तामा बसेका थिए । त्यो वार्तापछि सेनाको टोली आत्मसर्पणका लागि तयार भएको बीबीसीले जनाएको छ ।
क्यारन विद्रोही संगठनले आफ्ना उत्साहित लडाकुहरुको भिडियो पोष्ट समेत गरेको छ । उक्त भिडियोमा विद्रोही लडाकुहरु सेनाबाट कब्जा गरिएका हतियारहरु प्रदर्शन गरिरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर