Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

सरकार ११ बुँदे सहमतिबाट पछाडि हट्न खोज्यो : सिके राउत

प्रतिक्षा खबर
२०८१ पुष ९, मंगलवार १४:००

९ पुस, । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकार आफूहरुसँग भएको सहमतिबाट पछाडि हट्न खोजेको बताएका छन् । प्रतिनिधि सभामा विचाराधीन केही नेपाल ऐन (संशोधन) विधेयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयले यही संकेत गरेको उनको भनाइ छ ।

विधेयकको दफा ६४ मा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिन सक्ने व्यवस्था छ । यो व्यवस्था आफूहरूसँगको सहमति कार्यान्वयन गर्नका ल्याइएको जनमत पार्टीका अध्यक्ष राउतले बताए ।

‘केही नेपाल ऐनको दफा ६४ फिर्ता लिनु भनेको सरकार राजनीतिक सहमतिबाट पछाडि हट्नु हो, सहमतिप्रति वेइमानी गर्नु हो’ अध्यक्ष राउतले भने ।

२०७५ साल फागुन २४ गते सीके राउत नेतृत्वको पार्टी र तत्कालीन सरकारबीच ११ बुँदे सहमति भएको थियो । त्यसबेला प्रधानमन्त्रीमा केपी शर्मा ओली नै थिए भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए ।

११ बुँदे सहमतिमा आफ्नो पार्टीका नेता/कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने विषय रहेको तर हालसम्म यो पूर्णतः कार्यान्वयन हुन नसकेको अध्यक्ष राउत बताउँछन् ।

त्यसबेला अध्यादेश ल्याएर वा कानुन बनाएर सहमति कार्याँवयन गर्ने पनि सहमति भएको उनले बताए ।

‘कानुन वा अध्यादेश ल्याएर सहमति सम्बोधन गर्ने भन्ने थियो । एक पटकको लागि मुद्दाहरु फिर्ता लिने भन्ने थियो । तर, यो कार्यान्वयन हुन सकिरहेको छैन । बनाउन लागिएको ऐनबाट पनि ब्याक हुनु भनेको त बेइमानी हो’ राउतले भने ।

प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले विप्लव र सीके राउत नेतृत्वको पार्टीका नेता–कार्यकर्ताहरुको फिर्ता लिन सकिने मुद्दा फिर्ता लिइसकेको बताएका थिए । यस्तो अभिव्यक्तिमा पनि राउतको आपत्ति छ ।

‘हाम्रा नेता/कार्यकर्ताको अदालतमा रहेको एउटा पनि मुद्दा फिर्ता भएको छैन । यो बेला बन्न लागेको कानुन नबनाउने र मिल्ने मुद्दा फिर्ता लिइसकेको जस्ता अभिव्यक्ति दिने कुराले हामीलाई गम्भीर तुल्याएको छ’ राउतले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर