Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रदेश २ का नामको लागि ‘मधेश, जानकी, मिथिला-भोजपुरा लगायत मध्य मधेश प्रदेश’ प्रस्ताव पेश

प्रतिक्षा खबर
२०७८ पुष ८, बिहीबार १६:०१

जनकपुरधाम, पुस ८ गते ।
प्रदेश २ को नामाकरणका लािग प्रदेशसभा बैठकमा पाँच वटा प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश गरिएको हो ।
मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले गरेको छ भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको हो ।
त्यस्तै अर्का सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेश गरिएको हो ।
कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेश गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेश प्रस्ताव पेश गरेको हो ।
जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गरेका हुन् भने कांग्रेसकै राजेश्वर प्रसाद शाले मध्यमधेश प्रदेश नामको प्रस्ताव पेश गरेका हुन् ।
नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन् । सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर