Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

अाैरही नगरपालिकामा लकडाउन लगाएपनि नाच प्राेगराम गरियाे

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार ०७:०३

कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा नगरप्रमुखले नगरभरी लगाएकाे लकडाउनकाे पनि नगरका मानिसहरुले कोरोनालाई बेवास्ता गरी नाच प्रोग्रामहरु गरेका छन ।
महाेतरीकाे अाैरही नगरपालिकामा कृष्णाष्टमीको अवसरमा हजाराैकाे भीडभाड जम्मा गरेर नाच प्रोग्राम गराईएको छ ।कुनै किसिमकाे बहानामा अाैरही नगरपालिकामा नगरपालिका प्रमूख सुनिल कुमार यादवले कुनै प्रकारको भीडभाड नगर्न लकडाउन गर्न सुचना जारीगरेपनि यादवले जारीगरेकाे सुचनालाइ धज्जिया उडाउँदै भीडभाड गरी नाच कार्यक्रम गरिएको छ ।
अाैरहि नगरपालिका वडा नं. ३ श्रीपुर मन्दिरमा मेला आयोजना गरिएको छ । एउटै वाडामा दुई ठाउँमा मेला आयोजन गरी सजाराैकाे संख्यामा भीडभाड लगाएर विभिन्न प्रोगामहरु गरिएको छ ।
कोरोनाको सँक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै सरकारले अहिले पूजाआजा निष्ठापूर्वक गरी भीडभाड नगर्न आव्हान गरेको छ । धर्म र आस्थामा कुनै प्रकारको बन्देज नभएपनि नाचगान जस्ता कार्यक्रम, मेला जस्ता कार्यक्रम केही दिन नगर्न आग्रह गरेको छ ।
कोरोना समुदाय स्तरमा पुगेको र भीडभाडल झनै सँक्रमण फैलिने खतरा रहेको भन्दै नाचगान नगर्न नगराउन भनेपछि त्यसलाई बेवास्ता गरिएको छ । समुदाय स्तरमा काेराेना फैलिन नदिन नगर प्रमुख सुनिल कुमार यादवले समेत अर्काे सुचना नअाउनजेल सम्मकाेलागि लकडाउन गर्न सुचना जारी समेत गरेकाे छ । प्रहरीसंगसमेत जानकारीलिदा खासै चाँसाे नलिएकाे देखिएकाे छ ।
स्थानीयले भन्ने संक्रमित केही मानिस हाेम क्वारेन्टाइनमा छन भन्ने केहिमानिसहरु अझै समुदाय स्तरमै घुमिरहेका छन । समुदायमा कोरोना फैलिएपनि यीनीहरु सचेत नभए समाजमै भयावह अवस्था सृजना हुने डर रहेकाे यथार्थ नलुकेको बताए । नगरप्रमुख र वाडा अध्यक्षकाे मिलाेमताेमा सो कार्यक्रमहरु गरिएको बुझिएको छ ।
यता, रामकेवल यादवसंग कुरा गर्न खाेज्दा सम्पर्क हुन सकेनन् । नगरपालिकाले पूजाआजा मात्र गरी धार्मिक परम्परालाई निरन्तरता दिँदै तत्कालको लागि भीडभाड हुने गरी कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । अहिले समुदाय स्तरमा कोरोना पुगेकोले सँक्रमितको सँख्या दिनानुदिन तीव्र रुपमा बढदै गएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर