Advertisement
ताजा खबर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन

प्रतिक्षा खबर
२०८१ मंसिर ९, आईतवार २०:१२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न अदालतले निर्देशन दिएको छ । काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलले अनुसन्धान अधिकृतलाई निर्देशनात्मक आदेश दिएकी हुन् ।

आइतबार म्याद थपका लागि उपस्थित गराइएका प्रसाईँले इजलासमा आफू क्यान्सरको बिरामी भएको भन्दै अस्पताल जान पाउनुपर्ने बताएका थिए । उनका कानुन व्यवसायीले पनि त्यसबारे केन्द्रीय भएर बहस गरेका हुन् ।

न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ, ‘सम्बन्धित चिकित्सकसँग समन्वय गरेर उचित उपचारको प्रबन्ध गर्नु ।’

अदालत उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गर्न १० दिनको म्याद मागेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर