Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

लोसपाको बैठकमा अनिल झा पनि उपस्थित

प्रतिक्षा खबर
२०८१ भाद्र १९, बुधबार १६:१८

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट विद्रोह गरेर निस्किएका सो पार्टीका वरिष्ठ नेता अनिलकुमार झा आजको पदाधिकारी बैठकमा उपस्थित भएका छन् । २०८० मङ्सिर २४ गते बसेको लोसपा नेपालको केन्द्रीय समिति बैठक वरिष्ठ नेता झाले बहिष्कार गरेका थिए । महन्थ ठाकुरले सार्वजनिक गरेको केन्द्रीय समितिप्रति असहमति जनाउँदै उनले बैठक बहिष्कार गरेका हुन् ।

त्यसमा आफ्ना निकट कुनै पनि नेता तथा कार्यकर्ता नपरेको, मधेस आन्दोलन तथा पार्टीमा योगदान दिएका नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिमा नराखेर अध्यक्ष ठाकुरले आफ्ना निकट नेताहरूलाई केन्द्रीय समितिमा राखेको आरोप झाको थियो ।

२०८० मा पदाधिकारीसहित केन्द्रीय समिति सार्वजनिक गर्दा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो तथा शरतसिंह भण्डारीपछि अनिल झाको नाम राखिएको थियो । केन्द्रीय समितिमा अध्यक्ष ठाकुरले केही सुधार गर्लान् कि भनी आशा अनिल झाको थियो । तर कुनै सुधार नदेखेपछि

२०८० मङ्सिरमा बसेको बैठकलाई अनिल झा र राजेन्द्र महतोलगायत नेताहरूले बहिष्कार गरेका थिए । बैठक बहिष्कार गरेपछि अनिल झा एकदिन पनि पार्टीको सम्पर्कमा गएका थिएनन् । मङ्सिरपछि पार्टीमा बसेको कुनै पनि बैठकमा समेत उनी सहभागी भएनन् । १० महिनापछि उनी पदाधिकारी बैठकमा भने देखिएका छन् ।

उनीसँगै बैठक बहिष्कार गरेका वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति गठन गरिसकेका छन् । उनी कात्तिकमा पार्टी संरचनामा जाँदैछन् ।

तर अनिल झाले कुनै सङ्गठन बनाएका थिएनन् । बरु पूर्वदेखि पश्चिमसम्म तराई मधेसका पुराना नेता तथा कार्यकर्तालाई भेटेका थिए । उनले नेपाल सद्भावना पार्टी ब्युँत्याउने प्रयास पनि गरे । नेपाल सद्भावना पार्टी ब्युँताउन नसके पनि स्व.गजेन्द्रनारायण सिंहको विचार तथा आदर्शलाई आधार मानेर अरू कुनै पार्टी नै गठन गर्ने सोचमा थिए उनी ।

सद्भावना पार्टीको लिगेसी बोकेका नेता तथा कार्यकर्तालाई राखेर पार्टी बनाउने सोच नेता झाको थियो । त्यसको आन्तरिक तयारीमा थिए उनी । लोसपाका शीर्ष नेताहरू पनि अनिल झा अब पार्टीमा छैनन् भन्न थालेका थिए । उनलाई बैठकहरूमा समेत बोलाउन छाडिएको थियो ।

उनको ठाउँमा कसलाई राख्ने विचार विमर्श पनि चलिरहेको थियो । वैशाखमा महाधिवेशन गर्ने गरी तयारी बैठकमा भने झाको पनि उपस्थिति देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर