Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

मिथिलाञ्चल सहितका क्षेत्रमा चारदिन सम्म मनाईने निष्ठाको पर्ब छठ आजदेखि सुरु

प्रतिक्षा खबर
२०८१ कार्तिक २०, मंगलवार ११:२३

गोपाल झा

महोत्तरी ,कात्तिक, २० गते

मिथिलाञ्चलसहितका क्षेत्रमा निष्ठा पुर्बक मनाइने चारदिने छठपर्ब आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । थिलाञ्चलसहितका क्षेत्रमा चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आज मंगलबारदेखि मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतको बिहारमा समेत धुमधामका साथ सुरु भएको हो ।

       छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भङ्गाहाका सम्पूणर् सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा ती पालिका भएर बग्ने जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आइएको रहेको छ ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको मान्यता छ ।

          धार्मीक सास्त्रका जानकारहरुको अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज मंगलबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । त्यस्तै, पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवतालाई सखर गुणको  खिर पकाएर नैबेद्य स्वरुप चढाएर पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खिर खाने चलन छ ।

त्यस्तै, षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठेकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा बाँसबाट तयार गरीएको नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूणर् सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारीत जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

     षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यस बेला पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । यता सूर्य पुराणअनुसार सर्वप्रथम महर्षी अत्रीकी पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूहरुको सँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० सम्म पुर्‍याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रशन्न हुने जनविश्वास रहेको छ ।

पहिलापहिला मधेसको जिल्लामा मात्रै मनाइने छठ पर्व अहिले देशको सङ्घीय राजधानी काठमाडौंसहित देशको प्रमुख सहर पोखरा, नारायणघाट, धरान, इटहरीलगायतका स्थानमा पनि धुमधामका साथ मनाउन थालिएको हो ।

      यता महोत्तरीको बिभिन्न गाँउमा रहेका निजी पोखरीहरुमा मछा पालनको ब्याबसायीक खेती गरीरहेको र सार्बजनीक पोखरीहरु स्थानिय सरकारको उदासिनताका कारण संरक्षण न हुँदा पोखरीहरुमा उम्रीएका

झारपात तथा फोहर भएका पानीमा ब्रतालुहर मmण्डै एक घण्टा साँमm र दुई घण्टा बिहान उभेर सुर्यदेबताको अर्घ अर्पण गर्न बाध्य भएका छन् । सरसफाई तथा संस्कृतलिाई सम्बर्धन तथा संरक्षण गर्ने स्थानिय सरकारको दाईत्व रहेको छ । तर यसपाली स्थानिय सरकार धार्मीक साँस्कृतीक लगायतका समाजिक बिकासका कुनै कार्य न गर्दा स्थानिय सर्बसाधारण निष्ठाको पर्ब छठ जस्ता पर्ब सडेगलेका फोहर पानीमा उभेर पर्ब मनाउन बाध्य रहेका छन् ।

महोत्तरीका बिभिन्न स्थानियतहहरुमा साँस्र्कृतीक तथा धार्मीक पर्बहरुलगायतका संरक्षण सम्बर्धनकोलागी प्रत्येक आर्थीक बर्षमा बजेट छुटयाईएको हुन्छ तर त्यो बजेट कागजमा मात्रेै सिमति हुँदा पर्बत्योहारको रोनकता तथा हौसलामा ह्रासहुँदै गएको हुनाले यस प्रती सम्बन्धति मन्त्रालय सहितका निकायहरको ध्यान जानु आबसयक रहेको देखीन्छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर