Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

अक्टोबर १ को बदला : ईरानमा इजरायलको हवाई आक्रमण

प्रतिक्षा खबर
२०८१ कार्तिक १०, शनिबार १२:३५

तेल अभिभ ।  इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ। आईडीएफले एक विज्ञप्ति जारी गर्दै सेनाले इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको जानकारी दिएको हो ।  ‘अहिले हाम्रा विमानहरू सकुशल घर फर्किएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विष्फोटको आवाज सुनिएको जानकारी दिएको छ ।

यी आक्रमणहरूलाई समर्थन गर्दै आईडीएफले भन्यो, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’ आईडीएफ प्रवक्ता ड्यानियल हगारीले अक्टोबर ७, २०२३ पछि इरान र यस क्षेत्रका उसका सहयोगीहरूले इजरायलमा लगातार आक्रमण गरेको बताए ।

अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले यो आक्रमण गरेको बुझिएको छ। उक्त हमलामा इरानले इजरायलमा २ सय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

इरानले के भन्यो ?
इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा ठुलो विस्फोटको आवाज सुनिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै एक इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठुलो आवाजमा विस्फोट भएको बताएका छन्। यद्यपि इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

समाचार एजेन्सी एएफपीले इरानको सरकारी टिभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ।

यता, ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ । ‘ इजरायलले अक्टोबर १ मा इरानको ब्यालेस्टिक मिसाइल आक्रमणको जवाफमा इरानमा सैन्य लक्ष्यहरूविरुद्ध हमला गरेको छ,’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले सीबीएसलाई भने ।

इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सीले पश्चिम र दक्षिणपश्चिम तेहरानका केही सैन्य लक्ष्यमा आक्रमण भएको जनाएको छ। यद्यपि आक्रमण कुन स्तरमा र कुन स्थानमा भएको हो भन्ने खुल्न सकेको छैन ।

सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ ।

netanahu

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले उनको एउटा तस्बिर जारी गरेको छ जसमा उनी यस हमलाको क्रममा सैन्य मुख्यालयको अपरेसन सेन्टरमा उपस्थित देखिएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर