Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

मुख्य न्यायाधिवक्तालाई कोरोना संक्रमण

प्रतिक्षा खबर
२०७७ श्रावण १९, सोमबार १५:२६

१९ साउन, विराटनगर                                       प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन ।
विराटनगर- ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।
मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।
आचार्यले भने, ‘मलाई १०/१२ दिन अगाडि दुई दिनजति सामान्य ज्वरो आएको थियो । सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भनेर अरुलाई नसरोस् भनी घरमै आइसोलेसनमा बसिराखेको थिएँ ।
अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताए ।
आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए ।
बैठकहरुका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने आचार्यको अनुमान छ । उनी भन्छन विभिन्न ठाउँहरुमा मिटिङहरु गरिरहनुपर्ने हुन्छ । प्रायःजसो सेक्युरिटीवालाहरुलाई, पुलिसहरुलाई देखिएको छ । पुलिसहरु वरिपरि हुन्छन्, हिँड्दाखेरि सिँढीको रेलिङहरु समातिन्छ । ढोकाहरु खोल्नुपर्‍यो, कुर्सीहरुमा बसिन्छ ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।अनलाइन खबर
आचार्यलाई कोरोना कहाँबाट सरेको हो भन्ने ट्राभल हिस्ट्री पत्ता नलागेका कारण समुदायस्तरमा कोरोना संक्रमणको स्पष्ट संकेत देखिएको छ । र, यो घटनाले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर