Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

प्रतिक्षा खबर
२०८१ आश्विन १८, शुक्रबार ०८:४६

बेरुत । इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकुहरूसँग लडिरहेका छन् र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका छन् ।

हिजबुल्लाह समूहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि समूहको गढ रहेको दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापामार’ सुरु गरेको इजरायलले यसै साता घोषणा गरेको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बमबारीबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ र आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको मुलुकमा लाखौँ मानिसलाई आफ्नो घर छाड्न बाध्य बनाएको छ ।

गाजामा हमासको अक्टोबर ७ को आक्रमणपछि युद्धरत इजरायलले आफ्नो उत्तरी सीमा सुरक्षित गर्न र गत वर्ष हिजबुल्लाहको आक्रमणले विस्थापित भएका ६० हजारभन्दा बढी मानिसको सुरक्षित फिर्तीको सुनिश्चितता गर्न आफ्नो ध्यान केन्द्रित गरेको बताएको छ ।

इजरायली सेनाका अनुसार गाजा मोर्चामा तीन महिनाअघिको आक्रमणमा हमासका तीन वरिष्ठ नेता मारिएका थिए । यसमा युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लडाकु आन्दोलन सरकारका प्रमुख रहवी मुस्तहा पनि थिए ।

इजरायली सेनाले ‘बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयसँग सम्बन्धित लक्ष्यहरूमा’ आक्रमण गरेको बताएको छ । लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीले बेरुतको दक्षिणी उपनगरहमा तीनवटा हवाई आक्रमणको सूचना दिएको छ र हिजबुल्लाह नजिकको स्रोतले लक्ष्य समूहको मिडिया सम्बन्ध कार्यालयमा गरिएको र त्यो भवन खाली गरिएको बताएको छ ।

इजरायलले लेबनानी जनतालाई २० भन्दा बढी गाउँ र नबतियेह सहर खाली गर्न भनेको छ । “तपाईंको आफ्नै सुरक्षाका लागि तपाईंले तुरुन्तै आफ्नो घर खाली गर्नुपर्छ र अवाली नदीको उत्तरतर्फ जानुपर्छ, आफ्नो ज्यान बचाउनुहोस्”, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले एक्समा भनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर