Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

सिरहाको कसहामा काङ्ग्रेसका कार्यकर्ताद्वारा जसपाका कार्यकर्तालाई निर्घात कुटपिट

प्रतिक्षा खबर
२०७९ जेष्ठ २८, शनिबार १४:४५

महेश सिंह सिरहा लहान २८ जेठ – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहामा स्थानीय तहको निर्वाचनमा आफू पक्षको पार्टीलाई सहयोग नगरेको भन्दै काङ्ग्रेसका केहि गलत कार्यकर्ताहरुले जसपाका कार्यकर्तामा माथी निर्घात कुटपिट गरेको छ्।
सोही गाउँ बस्ने रामजी यादवको छोरी सुजिता कुमारी यादवको बिवाहको जयन्तीलाई स्वागत र सहयोग गर्न आएका स्थानीय ३८ वर्षिय शिव कुमार महतोलाई स्थानीय नेपाली काङ्ग्रेसमा लागेका गोबिन्दा यादव,इनर कुमार यादव,संजय कुमार यादव,रबिन्द्र यादव,लिल कुमार यादव,प्रमिल यादव लगायतका काङ्ग्रेसका केही गलत कार्यकर्ताहरुले आफ्नो पार्टीलाई स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्दै बिवाहको मौका छोपेर स्थानीय जसपाका कार्यकर्ता शिव कुमार महतोलाई बिहेको राती एकासि लखेटेर महतोलाई निलडाम नहर्ने गरी निर्घात कुटपिट गरेका छन।
कुटपिट पश्चात् घाइते महतोलाई उपचारको लागि स्थानीय मेटाे मेघा हेल्थ केयर प्रा.ली.कसहामा उपचार भईरहेको स्थानीय समाजसेवी सुरेन्द्र कुमार महतोले बताए।डा.राम चलितर महतोका अनुसार राती कुटपिट भएको ब्यक्तीलाई प्रहरीले उपचारका लागी ल्याउदा बिरामीको अवस्था नाजुक रहेको बताए।महतोलाई शरीरको विभिन्न भागमा गहिरो चोट पटक लागेको र उपचारका लागी हामीले भर्ना राखीएको हो।
आवश्यक पर्‍यो भने बाहिर पनि पठाउन सक्छु डाक्टर महतोले बताए।
पीडितको श्रीमती अमिरका देवी महतोका अनुसार सोही ब्यक्तीहरुले मेरो घरको सदस्यहरुलाई पटकपटक कुटपिट गर्ने गरेको छ्।दोसिलाई कार्वाहीको जोडदार माग गरेका छन् भने
उपचारमा लाग्ने खर्च र क्षतिपूर्तिको समेत माग गरेका हुन्। चुनाव सम्पन्न भए लगत्तै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले पुर्व ग्राही हुँदै जसपाका महतोलाई बिवाहको मौका छोपी कुटपिट गरेको स्थानीय इन्द्र कुमार महतोले बताए।
प्रहरी चौकि कसहाको इन्चार्ज देबेन्द्र यादवले पत्रकारहरु रिपोर्टिङको लागी अस्पताल पुगदा सानोतिनो घटनामा पत्रकारलाई किन बोलाएको पीडित पक्षलाई भनेका थिए।नेपाली काङ्ग्रेस सिरहामा गलत नेता कार्यकर्ताहरुको कारण सिरहा नेपाली काङ्ग्रेस बदनाम हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर