Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

प्रतिक्षा खबर
२०८२ माघ १, बिहीबार २०:१३

१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

त्यस्तो षड्यन्त्र प्रतिक्रियावादीहरूले गरिरहेको उनको भनाइ छ ।

४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट पार्टी स्थापनादेखि नै सुरु भएको षड्यन्त्र अहिले पनि चलिरहेको बताए ।

‘प्रतिक्रियावादीहरूले विगतदेखि नै षड्यन्त्र गरिरहेका छन्,’ उनले भने, ‘हामी भन्न चाहन्छौं, हामी प्रतिक्रियावादी शक्तिका दया, माया र कृपाले यहाँ आएका होइनौं । संघर्ष गरेर यहाँ आएका हौं । संघर्ष गरेरै टिकेका हौं ।’

अध्यक्ष ओलीले प्रतिक्रियावादीका षड्यन्त्र सफल हुन नदिने जिकिर गरे । नेकपा एमाले पार्टी रहँदासम्म त्यस्तो षड्यन्त्र सफल नहुने उनको भनाइ छ ।

‘हामी देशविरुद्ध र हाम्राविरुद्ध भइरहेका कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौं । नेपाल हार्दैन । हार्न दिइने छैन । किनभने, यहाँ नेकपा एमाले छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर