Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

आरती साह मृत्यु प्रकरण दोषीमाथि कारवाही गर्न प्रदेश युवा संजालद्वारा ज्ञापन

प्रतिक्षा खबर
२०८० कार्तिक १५, बुधबार ११:११

बद्री नारायण यादव
सिरहा,१४ कार्तिक । धनुषा जिल्लाकी २२ बर्षिया आरती साहको रहस्यमय मृत्युबारे न्यायिक छानविन समिति गठन गरी दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदेश युवा संजालले जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
पिडित परिवारको तर्फबाट अघि सारिएका आठ सुत्रिय मागप्रति समर्थन जनाउदै प्रदेश युवा संजालका अध्यक्ष मो.नईम राईनद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र गृह मन्त्रालयलाई बुझाइएको हो । पिडित परिवारले गएको असार १ देखि हालसम्म उक्त मागहरु अघि सार्दै २४ घण्टे धर्नामा बस्दै आएको उल्लेख गरिएको छ ।
आरती साहको मृत्यु प्रकरणलाई न्यायिक छानविन समिति गठन गरी विषेश अनुसन्धान, पिडित पक्षलाई कुटपिट गर्ने प्रहरी अधिकारीमाथि कडा कारवाही, त्रुटिपूर्ण पोष्टमार्टमबारे विषेश जाँच गरी दोषीमाथि कारवाही, जिल्ला न्याधिवक्ता धर्म अवतार कोइराला र सहायक जिल्ला न्यायधिवक्ता अजित कर्णको भुमिकाबारे छानविन गरी पाउँ, गर्भवति सम्बन्धी त्रुटिपूर्ण पक्षबारे विषेश जाँच गरी वास्तवित प्रतिवेदन पाउँ, पिडित परिवार र आरतीकी मामा सन्तोष साहको परिवारका सदस्यलाई विषेश सरक्षाको प्रबन्ध गर्नुपर्ने लगायत आठ सुत्रिय माग अघि सारिएको ज्ञापन पत्रमा उल्लेख छन् ।
पिडित परिवारले अघि सारेका मागहरु अवको सात दिन भित्र पूरा नगरिए सशक्त रुपमा चरणबद्ध तरिकाले आन्दोलन गर्न बाध्य हुने र सोमा हुने सम्पूर्ण नोक्सानीको जिम्मेवार नेपाल सरकार हुने प्रदेश युवा संजालका अध्यक्ष मो.नईम राईनले बताए ।
‘पिडित परिवारले न्याय प्राप्तीको आचना गर्दै धर्नामा बसेको झण्डै पाँच महिना भइसक्दा पनि सम्बन्धित निकाय राम्रोसँग चासो नदिनु दुःखद पक्ष छ,’प्रदेश युवा संजालका अध्यक्ष राईनले भने,‘आरती साहका परिवारलाई न्याय दिलाउन प्रभावकारी पहल गर्नका लागि म राष्ट्रिय मानव अधिकार, महिला आयोग तथा महिला अधिकारकर्मीहरुलाई विषेश अनुरोध गर्दछु ।’ उनका अनुसार पिडित परिवारलाई न्याय दिन अव आलटाल गरे युवाहरुले आन्दोलनको आँधीबेरी ल्याउने र सोमा हुने सम्पूर्ण नोक्सानीको जिम्मा राज्य पक्षलाई लिनुपर्ने छन् । समाजसेवी युवाहरु सुमित कुमार यादव, शिवम् यादव, मनिष कुमार यादव लगायतका युवाहको उपस्थितिमा उक्त ज्ञापन पत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर