Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

अपराधको अखडा बन्दै मधेस, एक वर्षमा १२६ जनाकाे हत्या

प्रतिक्षा खबर
२०८१ श्रावण १०, बिहीबार १९:१६

सर्लाहीमा साउन ७ गते सोमबार पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भयो । आफ्नै सहयोगीबाट रायको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत जेठ ३२ मा बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भयो । गोली प्रहार गरी उनको हत्या भएको थियो । मृत्युकालीन घोषणामा कुशवाहले आफूमाथि पूर्वसैनिक जवान सुरेन्द्र कुशवाहले गोली हानेको बताएका थिए ।

जेठ २९ मा पर्साको जगरनाथपुरमा झारफुकका लागि घरमा बोलाएर २ जनाको हत्या भयो । नेपाल–भारत सीमा नजिक कलैया निवासी रामएकवाल पण्डित र उनको साथी सुरेश ठाकुरको आफ्नै भतिजाबाट हत्या भयो ।

मधेसमा यस्ता घटना सामान्यजस्तै हुन थालिसकेको छ ।

  • एक वर्षमा कति हत्याका घटना ?

पछिल्लो समय मधेस प्रदेशमा हत्याका घटना शृङ्खलाबद्ध भइरहेका छन् । व्यक्तिगत रिसिइबी तथा सामान्यखाले विवादमा हत्याका घटना हुने गरेको प्रहरी विश्लेषण छ ।

मधेस प्रहरीको तथ्याङ्कमा एक वर्षमा ८ वटा जिल्लामा १२६ जनाको हत्या भएको छ । गत आर्थिक वर्ष (०८०/०८१) प्रदेशका आठ वटै जिल्लामा गरी ७८ पुरुष र ४८ जना महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

यो एक वर्षमा सबै भन्दा बढी धनुषामा हत्याका घटना भएका छन् । समीक्षा अवधिमा धनुषामा १४ जना पुरुष र ७ जना महिला गरी २१ जनाको हत्या भएको तथ्याङ्क छ ।

सबैभन्दा कम महोत्तरीमा हत्याका घटना भएका छन् । प्रहरीका अनुसार यहाँ ७ जना पुरुष र २ महिलाको गरी कुल ९ जनाको हत्या भएको छ ।

बढी हत्या हुने जिल्लामा दोस्रो स्थानमा सिरहा छ, जहाँ एक वर्षमा ९ पुरुष र ११ महिला गरी २० जनाको हत्या भएको छ । पर्सामा १७, बारामा १४, रौतहटमा १७, सर्लाहीमा ११, सप्तरीमा १६ जनाको हत्या भएको मधेस प्रहरीको तथ्याङ्क छ ।

ती हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १४७ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जनाए । उनका अनुसार पक्राउ पर्नेहरूमा १२५ जना पुरुष र २२ जना महिला छन् ।

  1. अघिल्लो वर्ष कति ?

अघिल्लो आर्थिक वर्ष (०७९/०८०) मा मधेसमा कुल १११ वटा हत्याका घटना भएका थिए । प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणमा अघिल्लो वर्षमा ७० जना पुरुष र ४१ जना महिलाको हत्या भएको रेकर्ड छ । यसैगरी यो हत्याका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६९ जनालाई पक्राउ गरेको तथ्याङ्क छ ।

प्रदेश प्रहरी प्रवक्ता बोहराका अनुसार पछिल्लो समयमा मधेसमा हत्याका घटना हुनुको पछाडि जग्गा जमिनको विवाद, आर्थिक लेनदेन, व्यक्तिगत रिसिइबी, सामान्य आवेग जस्ता कारणले हत्या भइरहेका छन् । यसो हुनुको पछाडि सर्वसाधारणमा नैतिक शिक्षाको कमी हुँदै गइरहेको उनको ठम्याइ छ ।

अर्को कारणमा खुल्ला सीमा पनि रहेको प्रदेश प्रहरी प्रवक्ता बोहराको धारणा छ । उनले भारततिरबाट सजिलै प्रवेश पाउने भएको हुँदा पनि मधेसमा आपराधिक घटना बढेको बताए ।

प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल मधेसतिर काम गर्ने प्रहरी कर्मचारीले सुरक्षा सम्बन्धमा बढी ध्यान नदिएको बताउँछन् । ‘काठमाडौँमा काम गर्ने प्रहरी अधिकारीलाई आफ्नो करिअरको चिन्ता हुन्छ, त्यसैले उनीहरूले पहिलो प्राथमिकतामा जनताको सुरक्षालाई राखेका हुन्छन् । तर मधेसतिर काम गर्ने कर्मचारीहरूको पहिलो प्राथमिकतामा पैसा पर्छ । जसका कारणले उनीहरू पैसा कमाउनतर्फ ध्यान केन्द्रित गर्छन् । अनि यस्ता घटना भइरहेका हुन्छन् ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर