Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले भने– मेरो हत्याको खतरा छ

प्रतिक्षा खबर
२०८१ श्रावण ३१, बिहीबार १८:२५

साउदी अरब ।  साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) ले आफ्नो हत्याको खतरा रहेको बताएका छन् । अमेरिकी कांग्रेसका सांसदहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

साउदीले इजरायलसँग सामान्यीकरण सम्झौता गर्‍यो र यसमा प्यालेष्टाइनलाई राष्ट्रको मान्यता दिने कुरा समावेश भएन भने आफ्नो हत्या हुन सक्ने भनेर उनले बताएको अमेरिकी अनलाइन पोर्टल पोलिटिकोले एउटा समाचारमा उल्लेख गरेको छ ।

आफ्नो ज्यान खतरामा रहेको चर्चा गर्दै सलमानले सम्झौतामा प्यालेष्टिनी राष्ट्रको लागि तत्कालै स्पष्ट बाटो समावेश गर्न माग राखेको समाचारमा उल्लेख छ । यस क्रममा सलमानले आफ्नो अवस्था पनि इजिप्टका पूर्व नेता अनवर सादातको जस्तो त हुने होइन भनेर पनि भनेका छन् । इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९८१ मा चरमपन्थीहरूले सादातको हत्या गरेका थिए ।

प्यालेष्टाइनलाई छुट्टै राष्ट्र बनाउने कुरालाई साउदीका जनताले निकै महत्व दिने अनि सारा मध्यपूर्व नै यस विषयमा  निकै गम्भीर भएको पनि उनले बताएका छन् । ‘यो मुद्दामा मैले ध्यान दिइन भन् इस्लामको पवित्रस्थलको रक्षकको रूपमा मेरो कार्यकाल सुरक्षित हुने छैन,’ उनले भनेका छन् । राजकुमारले आफ्नो सुरक्षाबारे कहिले र कसरी चिन्ता व्यक्त गरेका थिए भनेर चाहिँ समाचारमा खुलाइएको छैन । गाजा युद्धका कारण इजरायल र साउदी अरबबिच सामान्यीकरण सम्झौता हुने सम्भावना घटेको छ ।

आफ्नो हत्याको खतरा रहँदारहँदै पनि उनी अमेरिका र इजरायलसँगको सम्झौतालाई अगाडि बढाउन प्रतिबद्ध छन् । इजरायलसँग सम्झौता साउदीको भविष्यका लागि जरुरी भएको उनको विश्वास छ ।

यो सम्झौताको बदलामा अमेरिकाले साउदीलाई सुरक्षाको प्रतिभूति, हातहतियारको निरन्तर आपूर्ति गर्ने वाचा गरेको छ । अमेरिकाले साउदीलाई नागरिक परमाणु कार्यक्रम सुरु गर्न पनि मद्दत गर्न सक्नेछ । तर अमेरिकाको समर्थनमा हुन लागेको यो सम्झौता पेचिलो बन्दै गएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले सम्झौतामा प्यालेष्टिनी राज्यको माग समावेश गरेको कुराको विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर