Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

एसिडपीडित आरती साहलाई प्रदेश २ सरकारले गरे ५ लाख सहयोग

प्रतिक्षा खबर
२०७८ भाद्र १०, बिहीबार १४:४१

१० भदौ, जनकपुरधाम । आफ्नै पतिबाट एसिडपीडित बनेकी जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले रु. ५ लाख सहयोग उपलब्ध गराएको छ ।
बिहीबार साहलाई मुख्यमन्त्री लालबाबु राउतले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । २९ साउनमा बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले साहलाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ४ मा कोठा भाडामा लिएर बस्दै आएकी २१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय संजिबले २९ कात्तिकको बिहान ८ बजेर ३० मिनेटमा कोठामै आएर एसिड प्रहार गरेका थिए । एसिडले उनको शरीरको झण्डै आधा भाग जलेको छ भने एउटा आँखाले देख्न समस्या भएको छ । संजिबले पत्नीसहित ३ बर्षीया छोरी रियाको शरीरमा पनि एसिड फ्यालेका थिए ।
आर्थिक अभावकै कारण हालसम्म आफ्नो उपचार हुन नसकेको आरतीले गुनासो गर्दै आएकी थिइन् ।
आरतीमाथि एसिड फ्याँक्ने उनका श्रीमान्लाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरेको छ भने बेच्ने नागेन्द्र साहलाई सफाई दिएको छ । बेच्नेलाई सफाई दिएपछि आरती जिल्ला अदालतमै गएर यसको बिरोध गर्न खोज्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर छाडेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर