Advertisement
ताजा खबर
जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा

लोसपा फुटदै

प्रतिक्षा खबर
२०८१ श्रावण ३, बिहीबार २०:४२

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालभित्रको विवाद टुंगिएको छैन । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोसपामा विवाद उत्पन्न भएको हो ।

भण्डारीलाई मन्त्री बनाएपछि पार्टी सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले असहमति जनाउँदै विद्रोह गरेका छन् । उनले पार्टी विभाजन गर्नेगरी आक्रोश पोख्दै आएका छन् । उनी पार्टीका नेताहरूसँग छलफलमा समेत जुटेका छन् । पार्टीमै रहने कि अलग हुने भन्ने विषयमा नेताहरूसँग छलफल गरिरहेको उनले बताए ।

सहअध्यक्ष शुक्लाले भने, ‘साथीहरूसँग छलफल गरिरहेको छु । त्यहाँबाट जे सुझाव आउँछ, त्यो अनुसार अगाडि बढ्छु ।’ उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत लिएपछि पार्टीमै रहेर संघर्ष गर्ने वा अलग हुने भन्ने विषयमा निर्णय लिने बताए । प्रधानमन्त्री ओलीले यही साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने छन् । त्यसपछि लुम्बिनी र मधेस प्रदेशका नेताहरूसँग छलफल गरेर निर्णय लिने उनले बताए ।

यस्तै शुक्ला निकट महासचिव मुकेश झाले पार्टीबाट अलग हुने  सबै प्रक्रिया लगभग पुरा भएको बताए । उनले नेता तथा कार्यकर्ताको सुझाव पनि त्यस्तै आउने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर