Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा त्यार, आगामी निर्वाचनमा सहभागी हुने निर्णय

प्रतिक्षा खबर
२०८२ मंसिर ६, शनिबार २०:०४

धर्मेन्द्र कुमार यादव-महोत्तरी । सङ्घीय लोकतान्त्रिक मोर्चाले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ तथा प्रतिनिधि सभा निर्वाचन–२०८२ मा सक्रिय रूपमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। मोर्चाको केन्द्रीय कार्यालय बबरमहाल, काठमाडौँमा भदौ ६ गते बसेको बैठकले सो निर्णय सर्वसम्मतिले पारित गरेको हो।

उक्त बैठक लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष तथा मोर्चाका शीर्ष नेता महन्थ ठाकुरको अध्यक्षतामा सम्पन्न भयो। विभिन्न राजनीतिक गतिविधि, निर्वाचन तैयारी, र राष्ट्रिय राजनीति सम्बन्धी समसामयिक विषयमा छलफल गर्दै मोर्चाले अहिले देशभर बढिरहेको राजनीतिक अस्थिरता र वातावरणका बीच पनि लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउन निर्वाचन अनिवार्य रहेको निष्कर्ष निकालेको छ।

निर्वाचन स्वच्छ, निर्भय र शान्त हुनुपर्ने मोर्चाको माग,
बैठकपछि जारी प्रेस–विज्ञप्तिमा मोर्चाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, निर्भय, तथा शान्त वातावरणमा सम्पन्न गर्न सरकारसँग विशेष आग्रह गरेको छ।

मोर्चाले भन्यो, “मतदाता बिना दबाब आफ्नो मत प्रयोग गर्न सक्ने वातावरण बनाउनु सरकारको दायित्व हो।”
यही वातावरण सुनिश्चित भए मोर्चा र मोर्चाभित्रका सबै घटक दलहरू मिश्रित निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धामा उत्रने निर्णय विज्ञप्तिमा उल्लेख छ।

राजनीतिक स्थायित्व र लोकतन्त्रको पक्षमा मोर्चा प्रतिबद्ध,
अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै भने —
“देशलाई स्थिरताको दिशामा लैजान र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन निर्वाचन नै उत्तम बाटो हो। मोर्चा जनताका मुद्दा र अधिकारका लागि अग्रसर रहन्छ।”

मोर्चाले निर्वाचन तयारीका क्रममा देशभर संरचनागत विस्तार, संगठन सुदृढीकरण तथा जनसम्पर्क कार्यक्रमहरूलाई तीव्र बनाउने संकेत समेत गरेको छ।

मोर्चाका घटक दलहरू पनि संयुक्त रूपमा चुनावी यात्रा अघि बढाउने,
मोर्चा मातहत रहेका दलहरूले पनि संयुक्त रूपमा निर्वाचन अभियान संचालन गर्ने, उम्मेदवारी चयन प्रक्रियालाई पारदर्शी बनाउने र जनतामुखी मुद्दाहरूलाई प्राथमिकता दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर