Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

०५१ सालमा प्रतिपक्षी कांग्रेसले दिएको थियो मनमोहनलाई विश्वासको मत

प्रतिक्षा खबर
२०७९ पुष २६, मंगलवार १०:२३

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे कांग्रेसभित्र एक मत हुन सकेको छैन । संस्थापन पक्ष प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा र महामन्त्री गगन थापासहितका कोइराला पक्षका नेताहरु भने दिन नहुने पक्षमा रहेका समाचार सार्वजनिक भइरहेका छन् ।
तर २०५१ सालको नजीरलाई हेर्ने हो भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारलाई कांग्रेसले विश्वासको मत दिएको थियो । एमालेका अधिकारीले प्रतिनिधि सभामा उपस्थित सबै सांसदहरुबाट विश्वासको मत पाएका थिए ।
प्रतिनिधि सभाका २०२ जना सांसदहरुमध्ये १९८ जना संसद बैठकमा उपस्थित थिए । तीमध्ये कांग्रेसका रामचन्द्र पौडेल सभामुख भएकाले मतदान गरेनन् भने कांग्रेसका महन्थ ठाकुर, बलबहादुर केसी र बज्रकिशोर सिंह अनुपस्थित थिए । अरु सबैले अधिकारीलाई विश्वासको मत दिएका थिए ।
तत्कालीन नेकपा एमालेका सांसद राजेन्द्र पाण्डेका अनुसार विश्वासको मतमा सबैभन्दा पहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए
अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेसका सांसदबाट समेत विश्वासको मत लिने प्रयासमा छन् । यसबारे उनले सभापति शेरबहादुर देउवालगायतसँग छलफल गर्दै आएका छन् ।
सोमबार साँझमात्रै प्रचण्ड देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाले भने पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएको देउवा निकट कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । प्रचण्डले देउवालाई भेट्नु अघि देउवाले आफू निकट नेताहरुसँग त्यसबारे परामर्श गरेका थिए ।
कांग्रेसका शेखर कोइराला, महामन्त्री गगन थापा, विश्वास प्रकाश शर्मा भने सरकारलाई विश्वासको दिन नहुने र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहनुपर्ने पक्षमा छन् । तर देउवा भने प्रचण्डलाई विश्वासको मत दिन सकारात्मक रहेको अनुमान उनकै पार्टीका कतिपय नेताहरुले गरेका छन् । सोमबार संसद अधिवेशनको पहिलो बैठकमा सम्बोधनको क्रममा देउवा शालीन ढंगले प्रस्तुत हुनुलाई पनि त्यसैको संकेतको रुपमा लिन सकिने एक नेताले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर