Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
☰

महोत्तरीमा घरदैलो गर्दै मतदाता भेटघाट कार्यक्रममा उमेदबार व्यस्त

प्रतिक्षा खबर
२०७९ कार्तिक २, बुधबार २१:३७

गोपाल झा

महोत्तरी , कार्तीक २ गते

प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचनको मिति नजिकिँदै गर्दा महोत्तरीका उमेदवारहरु आफ्ना समर्थकहरुको साथमा घरदैलो र मतदाता भेटघाट कार्यक्रममा व्यस्त भएका छन् ।

चाडवबडको समय भएकोले सबैभन्दा धेरै मतदाता  गाउँघरमै भेटिने हुँदा उमेदवारहरु पनि मतदाताहरुलाई रिझाउन गाउँ केन्द्रित भएपछि  सदरमुकाम जलेश्वर लगायत जिल्लाका व्यापारिक केन्द्रहरू भन्दा गाउँमा चुनावी रौनक बढेको छ । सबै दलका उम्मेदवारहरू गाउँमा पुगेपछि चुनावी रौनक छाएको हो ।

नजिकिँदै गरेको दिपावली तथा छठ पर्वको बाबजुद पनि दलहरूले आफ्ना सबै चुनावी कार्यक्रमलाई गाउँ केन्द्रित बनाएका छन् । राजनीतिक दलहरु दिनहुँजसो चुनावी कार्यक्रमहरू गरिरहेका छन् । चुनावले गाउँहरुमा चहलपहल बढाएको छ । यतिबेला पुराना तथा नयाँ नेताहरू बीच मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्ने होडबाजी नै चलेको छ ।

अहिले ४०-५० जना कार्यकर्ताहरुलाई अघिपछि लगाएर नआउने उम्मेदवार कोही पनि छैनन्,लावालस्कर सहित चारचक्के गाडी र दर्जनौं मोटरसाइकल लिएर उम्मेदवारहरू जनताको घरघरमा  आउने गरेको स्थानीयहरुले बताए ।

यसअघि निर्वाचित भइसकेका नेताहरु आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा बताउँदै भोंट मागिरहेका छन् भने स्वतन्त्र उमेदवारी दिएका नेताहरु आफुले जितेको खण्डमा गर्ने काम र घोषणापत्र सुनाएर मतदाताहरु सँग भोंट मागिरहेका छन् । दल तथा उमेदवारका कार्यकर्ताहरू बिहानैदेखि साँझ अबेरसम्म प्रचारप्रसारमा होमिएका छन् । कुनै पार्टीका उम्मेदवार एक ठाँउमा गयो भने अर्को पार्टीका उम्मेदवार त्योभन्दा बढी कार्यकर्ता लिएर पुग्ने प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ ।

यसपटकको चुनावमा दलिय गठबन्धनका कारण पार्टीगत उमेदवारहरु कम भएकाले अधिकांश  स्वतन्त्र रुपमा उमेदवारी दिएका युवाहरु चुनावी मैदानमा उत्रिएका छन ्। जसले गर्दा मतदाताहरुमा उत्साह जागेको छ । दलहरूले आफ्नो पक्षमा मत बढाउन विभिन्न नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् । जसमा मतदाताका आधारभूत आवश्यकतादेखि ठूला विकास निर्माण योजनाहरू समावेश गरिएका छन् । पटकपटक चुनावमा जिताएर पठाएका नेताहरुले जनताको मनजित्ने एउटा पनि काम नगरेकाले उनीहरू माथि पुनः विश्वास गर्ने भरपर्दो आधार नभएको र यस पाली स्वतन्त्र उमेदबारी दिएका युवाहरुलाई तर्फ मतदान गर्ने महोत्तरीमा मतदाताहरु उत्साहित रहेको स्थानीय युवाहरुले बताए । उता उमेदवारहरु मत माग्दै डुलिरहेका छन् भने यता स्थानीयहरु बिच फेरी पनि पुरानै नेतालाई जिताउने कि नयाँलाई मौका दिने भन्ने विषयमा चर्चापरिचर्चा पनी निक्कै चलिरहेको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्को महत्वपूणर् जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सहीरुपमा सदुपयोग गर्ने तयारीमा मतदाता छन् । अहिले चोकचोकको चिया पसलदेखि ठूलठूला होटलमा चुनावी चर्चा परिचर्चा हुने गरेको छ ।

यसपालिको चुनावमा कुन उम्मेदवार बलियो छ ? कुन उम्मेदवारले बाजी मार्ने ? चुनावी जोड घटाउ भइरहेको स्थानीयले बताएका छन् । जिल्लामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र र आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

सबै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री ,पार्टीका केन्द्रीय नेता तथा स्वतन्त्र उमेदबार चुनावी प्रतिस्पर्धामा रहेकाले सहजरुपमा चुनावी परिणाम आंकलन गर्न गाह्रो रहेको राजनीतिक जानकारले बताएका छन् ।

अघिल्लो निर्वाचनमा भन्दा यसपटक निर्वाचनमा राजनीतिक समीकरण फरक रहेकाले चुनाबी परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन रहेको स्थानीयवासीको भनाइ छ ।

जिल्लमा दुई लाख १७ हजार सात सय ५० पुरुष,एक लाख ८३ हजार छौ सय ८० महिला र अन्य एक गरी कूल चार लाख १ हजार चार सय ३१ मतदाता रहेको निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदान केन्द्र तोकिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर