Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

जानकी एकेडेमीक हस्पिटल दुई बर्ष पुरा गरेको अबसरमा स्वास्थ्यकर्मीसंग गरे अन्तरक्रिया

प्रतिक्षा खबर
२०८० पुष ७, शनिबार २३:२१

गोपाल झा

महोत्तरी , ७ गते पुष

महोत्तरीको रामगोपालपुर ९ पर्सादेबाडमा संचालित जानकी एकेडेमीक हस्पिटल आफ्नो दुई बर्ष पुरा गरेको अबसरमा स्थानिय तहका स्वास्थ्य संयोयकहरु संग अन्तरक्रिया कार्यक्रम गरेर दोश्रो बार्षीकोत्सब मनाएको हो ।

        महोत्तरीको ग्रामिण भेगकै सबैभन्दा ठूलो सुविधासम्पन्न जानकी एकेडेमीक हस्पिटलले दोस्रो वार्षिकोत्सव सप्ताहब्यापी रुपमा विभिन्न कार्यक्रमका साथ मनाईरहेका छन् । सप्ताहब्यापी दोश्रो बार्षीकोत्सबको अबसरमा शनिबार महोत्तरी र सर्लाहीका बिभिन्न स्थानिय तहका स्वास्थ्य साखाका प्रमुख तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।

महोत्तरीका ११ तथा सलाही जिल्लाका ३ स्थानिय तहका स्वास्थ्य संयोजक, एच.ए., सिएमऐ र स्वास्थ्य स्वयमसेविकाहरुसंग एक कार्यक्रमबिच हस्पिटलले अन्तरक्रिया गरेको हो ।

  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देसक डा. श्रवण कुमार मिश्र प्रमुख आतिथी रहेको कार्यक्रममा हस्पिटलका संचालक समेत रहेको पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षतामा सहभागी स्वास्थ्यकर्मीसंग अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा वक्ताहरुले उत्तरमा राजमार्ग तथा दक्षिणमा भारतको सिमानारहेको बिच यस ग्रामिण भेगमा व्यवसायको उदेश्यले न भई सेवाभावले मानव स्वास्थ्यको लागी आबस्यक सुबिधा सम्पन्न हस्पिटल संचलान गरेको बताउँदै डा. यादवले संचालन गरेको यो हस्पिटलले थुप्रै अकास्मिक एवं गम्भीर प्रकृतिका बिरामीको ज्यान जोगाउन सफल रहेको  बताएका हुन् । ग्रामिण क्षेत्रमा संचालन भएको यो एकेडेमिक हस्पिटलले गरिब असहाय  विपन्नहरु संचालन भए देखी स्थानीय बिरामीलाई जनकपुर, काठमाण्डु लगायतका ठाउँमा स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको वक्ताहरुले भनेका छन् ।

कार्यक्रमका प्रमुख अतिति प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देसक डा.  मिश्र स्वास्य क्षेत्रमा बेतिथीको रुपमा रहेको बिचौलीया तथा मmोले डाक्टरहरुको जालमा फसेर बिरामीहरुको ज्यान जोखीममा रहेको भन्दै यसको लागी स्वास्य सेबामा रहेका स्वास्यकर्मीहरुलाई आ — आफ्नो ठाँउबाट समाजमा यस प्रती सचेत गराउन आग्रह गरेका हुन ।

कार्यक्रममा सोनमा गाउँपालिकाका पूर्व अध्यक्ष राजकुमार यादव, प्रदेशकि अस्पताल जलेश्वरका प्रमुख डा. मुरारी ठाकुर, जानकी हेल्थकेयर जनकपुरका ईन्चार्ज हरिश्चन्द्र यादव, जानकी ऐकेडेमीक हस्पिटलका ईन्चार्ज संजयकुमार यादव लगायत विभिन्न पालिकाका स्वास्थ्य शाखा संयोजकहरुले शुभकामना मन्तव्य राखेका थिए ।

दोश्रो बार्षीकोत्सबको अबसरमा हस्पिटलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको बिच होस्पिटलका संचालक एबं पुर्ब स्वास्थ्य राज्यमन्त्री डा. यादब अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो समेत प्रदान गरेका हुन् ।

हस्पिटलल यो भन्दा पहिले रक्तदान कार्यक्रम गरेका छन् भने आइतबार स्थानीय तहका  जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम राखेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर