Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मधेश सरकारलाई संघ सरकारको अर्को झटका, अनुदान रकम कटौती

प्रतिक्षा खबर
२०८१ चैत्र ८, शुक्रबार १९:३९

जनकपुरधाम, चैत ८ । कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर देखिएको मधेस प्रदेशले आगामी आर्थिक वर्षमा संघ सरकारबाट पाउने अनुदानमा कटौती भएको छ ।

मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा संघ सरकारबाट सबैभन्दा कम वित्तीय समानीकरण अनुदान पाउने भएको छ । कार्य सम्पादन मूल्यांकनको आधारमा मधेस सरकारले चालु आव २०८/८२ मा पाएको अनुदानभन्दा पनि कम अनुदान पाउने भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८२/८३ का लागि नेपालको संविधान र प्रचलित कानुन बमोजिम संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गरेको छ । जसअनुसार आगामी आवका लागि मधेश सरकारले चालु आवमा पाएको अनुदानभन्दा ८ करोड कम अर्थात ७ अर्ब ७२ करोड १९ लाख वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।

आयोगको सिफारिसअनुसार सातवटै प्रदेशले संघ सरकारबाट न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनमा आधारित भई ६० अर्ब ६६ करोड अनुदान पाउने छ । आयोगको सिफारिसअनुसार कर्णाली प्रदेशले सबैभन्दा बढी अनुदान पाउने भएको छ । कर्णाली प्रदेशले आगामी आवका लागि १० अर्ब ५६ करोड ४ लाख अनुदान पाउने भएको हो ।

आयोगले केही साता अघि सातवटै प्रदेशको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको थियो । आयोगले विभिन्न ११ वटा सूचकको आधारमा सातवटै प्रदेशको कार्यसम्पादनको मूल्यांकन गरेको थियो । जसअनुसार मधेस प्रदेशले सबैभन्दा कम अंक प्राप्त गरेको थियो । आव २०७९/८० को कुल लेखा परीक्षणबाट औलाएको बेरुजुको अवस्था, प्रदेशले स्थानीय तहलाई प्रदेश कानुन बमोजिम आयोगले तोकेको आधारमा लागु गरी सशर्त अनुदान प्रदान गरे । नगरेको, आव २०८०/८१ को विनियोजित रकम अनुसार खर्चको अवस्था, आव २०८०/८१ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०८१ कार्तिक मसान्तभित्र सार्वजनिक गरे । नगरेको लगायत विभिन्न ११ सुचकको आधारमा मधेसले ३० अंक मात्र प्राप्त गरेको थियो । सुदूरपश्चिम प्रदेशले विभिन्न ११ सुचकको आधारमा सबैभन्दा बढी ५२.१६ अंक प्राप्त गरेको थियो ।

यस्तै, कोशीले ५०.७७, कर्णालीले ४६.७९, बागमतीले ४५.८७, गण्डकीले ४४.४६ र लुम्बिनीले ४०.७९ अंक प्राप्त गरेको थियो ।

विभिन्न तीन आधारमा आयोगले आव २०८२/८३ का लागि कर्णालीलाई १० अर्ब ५६ करोड ४ लाख, कोशीलाई ८ अर्ब ९८ करोड ३४ लाख, सुदूरपश्चिमलाई ८ अर्ब ९२ करोड ५६ लाख, लुम्बिनीलाई ८ अर्ब ४४ करोड ४४ लाख, बागमतीलाई ८ अर्ब २८ करोड ५४ लाख र गण्डकी प्रदेशलाई ७ अर्ब ७३ करोड ८९ लाख वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।

आयोगले विभिन्न तीन आधारमा अनुदान सिफारिस गरेकोमा न्यूनतम तर्फ क्षेत्रफल र जनसंख्यालाई आधारमानेर परिमाण निर्धारण गरिएको छ । जसअनुसार मधेशले १ अर्ब ८७ करोड ९८ लाख पाएको छ । सूत्रमा आधारित भई ५ अर्ब ६० करोड ७९ लाख पाएको छ । आयोगले सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानको गणनामा मानव विकास सूचकांक, आर्थिक सामाजिक असमाना, पूर्वाधार विकासको अवस्था र खर्चको आवश्यकता र राजश्व उठाउन सक्ने क्षमतालाई सूचक-उपसूचकको रुपमा लिएको छ ।

कार्यसम्पादन मूल्यांकनको आधारमा भने मधेस प्रदेशले सबैभन्दा कम अनुदान पाएको छ । कार्यसम्पादन मूल्यांकनको आधारमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी ४० करोड ७२ लाख पाउँदा मधेसले २३ करोड ४२ लाख पाएको छ ।

यसअघि आव २०८१/८२ मा मधेस प्रदेशले वित्तीय समानीकरण अनुदान तर्फ ७ अर्ब ८० करोड पाउँदा आव २०८०/८१ मा ७ अर्ब ४१ करोड पाएको थियो । कर्णाली प्रदेशले प्रत्येक वर्ष संघ सरकारबाट सबैभन्दा बढी वित्तीय समानीकरण अनुदान पाउने गरेको छ । कर्णालीले आव २०८१/८२ मा १० अर्ब ३७ करोड पाउँदा आव २०८०/८१ का १० अर्ब १६ करोड पाएको थियो ।

सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशको कार्यसम्पादनमा सुधार आउँदा मधेस प्रदेशको कार्य सम्पादन झन खस्किँदै गएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पछिल्लो ३ मूल्यांकन अनुसार मधेशबाहेक सबै प्रदेशले आफ्नो कार्यसम्पादनमा सुधार गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुल्नामा आव २०८०/८१ मा प्रदेशहरुले पाएको अंक कम भएपनि आव २०७९/८० को तुलनामा बढी रहेको छ ।

आव २०७८/७९ मा ४५ अंक प्राप्त गरेको मधेस प्रदेशले आव २०८०/८१ मा ३० अंक मात्र पाएको छ । आयोगले विभिन्न सुचकको आधारमा १०० अंकमध्ये मधेशलाई आव २०७९/८० मा ३७.३१ अंक दिएको थियो ।

आव २०७८/७९ मा सबैभन्दा बढी ६२.९ अंक पाएको बागमती प्रदेशले आव २०८०/८१ मा ४५.८७ अंक पाएको छ । कोशी प्रदेशले आव २०७८/७९ मा ५० अंक पाउँदा आव २०८०/८१ मा ५०.७७ अंक प्राप्त गरेको छ । गण्डकी प्रदेशले आव २०७८/७९ मा ६१.४ अंक पाउँदा आव २०८०/८१ मा ४४.४६ अंक पाएको छ । लुम्बिनीलेआव २०७८/७९ मा ५८.३ अंक पाउँदा आव २०८०/८१ मा ४०.७९ अंक प्राप्त गरेको छ ।

कर्णालीले आव २०७८/७९ मा ५५ अंक पाउँदा आव २०८०/८१ मा ४६.७९ अंक प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशले आव २०७८/७९ मा ५३.२ अंक पाउँदा आव २०८०/८१ मा ५२.१६ अंक प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर