Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

केन्द्रीकृत मानसिकताले ग्रसित हाम्राे देश : पूर्वमन्त्री कुशवाहा

प्रतिक्षा खबर
२०७९ आश्विन ४, मंगलवार २२:३५

रामगाेपालपुर(प्रतीक्षा खबर) – जनता समाजवादी पार्टीका नेता एवं मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेजसिंह कुशवाहाले हाम्राे देश केन्द्रीकृत शासन व्यवस्थाले ग्रसित भएकाे बताएका छन् ।
मंगलबार महाेत्तरीकाे रामगाेपालपुरमा प्रेस मञ्च नेपाल महाेत्तरी जिल्लाको प्रथम जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै मन्त्री कुशवाहाले यस्ताे बताएका हुन् ।
२००७ सालकाे प्रजातान्त्रिक आन्दोलनकाे चर्चा गर्दै उनले भने, ‘देशमा भएकाे हरेक आन्दोलनमा प्रेसकाे भूमिका अग्रणी रहेकाे छ। प्रेसकाे सहयाेगमा घरघरमा सुतेर बसेकाहरू पनि आन्दोलनबारे जानकारी लिने र सहभागी हुने गरेकाे बताए ।’
२०६२/०६३ काे आन्दोलन हाेस् वा २०७२/०७३ काे । यी आन्दोलनमा पनि मधेसमा रहेका सञ्चारगृह र सञ्चारकर्मीहरूले आन्दोलनलाई उचाइमा पुर्याउने काम गरेकाे स्मरण गरे । उनलेे संघीयता ल्याउन सञ्चारकाे भुमिका अविस्मरणीय रहेकाे भन्दै मधेस सरकारले विभिन्न सञ्चार विद्येयक ल्याएकाे बताए ।
सञ्चार विद्येयक ल्याएपनि सरकारले सञ्चारगृह र सञ्चारकर्मीकाे क्षेत्रमा उल्लेख्य काम गर्न नसकेकाेप्रति दु:ख व्यक्त गरे ।
प्रेस मञ्च नेपाललाई सबल बनाउन अगामी दिनमा आफूबाट कुनै प्रकारकाे भुल नहुनेमा विश्वस्त हुन आग्रह गरे ।
केन्द्रीकृत मानसिकताबाट उपेक्षित सञ्चारकर्मीलाई सबल बनाउन हामीले विभिन्न संस्थाहरू गठन गर्याै तर, दबाबका कारण प्रेस मञ्चलाई पुर्णरूपले समेट्न नसकेकाे स्वीकार गरे ।
संघीयताले अझै पनि पूर्णता पाएकाे छैन। आफ्नो प्रहरी प्रशासन छैन । जसकारण प्रदेशले चाहेअनुसार काम गर्न सकेकाे छैन।
संघीयता कार्यान्वयन गर्न सञ्चारकर्मीकाे कलममा रहेकाे ताकत कसैले पनि ठम्याउन सक्दैन?
प्रेस मञ्च ले सरकारकाे कमीकमजोरी ठम्याइदिन र सहि सुचना प्रवाह गरिदिनेछ भनेर विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर