Advertisement
ताजा खबर
जिप दुर्घटनाहुदा, तीन जनाको मृत्यु, सात घाइते नियन्त्रणमा रहेका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन मधेशमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा

☰

इजरायलबाट थप १९ नेपालीको उद्धार

प्रतिक्षा खबर
२०८० आश्विन ३०, मंगलवार १२:३७

३० असोज, काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।
मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।
नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ ।
यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरु
१. नन्दसिंह भुल
२. सुजेन्द्र खड्का
३. प्रतिभा रौनियार
४. अनुमा डंगोल
५. हिना खाँण
६. आतिस गुरुङ
७. जुनु गुरुङ
८. मौसमी पाख्रिन
९. प्रतिमा तिम्सिना
१०. राजकुमार मानन्धर
११. संगीता दुलाल
१२. उर्मिला रावल
१३. ममता थापा
१४. दिलकुमारी अधिकारी कार्की
१५. निश्चल श्रेष्ठ
१६. समिता बस्नेत
१७. अम्बिका सुवेदी
१८. सरिता गुरुङ
१९. उर्मिला श्रेष्ठ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर