Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशीको काँधमा , अध्यक्ष यादव , विभिन्न पार्टी परित्याग गरेका सयौ नेता कार्यकर्तालाई जसपामा स्वागत

प्रतिक्षा खबर
२०७८ मंसिर २०, सोमबार २०:०७

रामगाेपालपुर, मंसिर २० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताउनु भएको छ ।
जसपा नेपाल महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनआन्दोलन र मधेश विद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी मधेशीको काँधमा जिकिर गर्नु भयो । ्
केपी शर्मा ओलीले संघीयता र गणतन्त्र मास्न गरेको प्रयास लाई आफुहरु एक पटक असफल तुल्याइ सकेको भए पनि खतरा अझै कायम रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले सघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागी आफुहरु सदैब सजग रहेको बताउनु भयो ।
पहिलो मधेश विद्रोह बाट शुरु भएको संघर्षको यात्रा अझै जारी रहेको दावी गर्नु हुँदै अध्यक्ष यादवले संघीयता र लोकतन्त्र माथि खतरा देखिए पुनः संघर्षमा उत्रिने चेतावनी समेत दिनु भयो ।
सडकबाट शुरु भएको संघर्षको यात्रा अहिले सदन र सरकारको मोर्चा बाट जारी रहेको बताउनु हुँदै अध्यक्ष यादवले आवश्यकता परे पुनः सडक संघर्षमा उत्रिन बेर नलाग्ने चेतावनी दिनु भयो ।
कार्यक्रममा जसपा कार्यकारणि सदस्य राजकिशोर यादवले मुलुकमा अझै कायम रहेको विभेदकारी राज्य सत्तालाई ढालेर समतामुलक राज्य निर्माणका लागी जसपा सदैब तयार रहेको बताउनु भयो ।
उहाँले जसपा पार्टी मात्र नभई उत्पिडित वर्गको सम्मान र पहिचानको लागी संघर्षको पर्याय समेत रहेको बताउनु भयो ।
कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले उत्पिडित वर्गको सम्मानको लागी जसपा प्रतिवद्ध रहेको बताउनु भयो । राष्ट्रिय संरचनामा सबै भन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी उत्पिडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गर्नु भयो ।
मुलुकमा प्रजतान्त्र स्थापना पछि पटक पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार मधेश आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु ल्याइ सकेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारले ल्याएको आरक्षण सम्बन्धि व्यवस्था विश्वकै उत्कृष्ट गरेको दावी गर्दै आरक्षणको सुविधा प्राप्त गर्न दलित , महिला मुस्लिम लगायतको समुदायलाई बालबालिकाको शिक्षामा जोड दिनु आग्रह समेत गर्नु भयो ।
जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, संविधान सभा सदस्य धर्मेन्द्र साह सहितका वक्तहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका महोत्तरी निर्वाचन क्षेत्र नं. २का सयौ नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष यादव सहितका अतिथिहरुले अविर माला लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर