Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मिथिलाञ्चल सहित मधेसमा आज चौरचन पर्व मनाइँदै

प्रतिक्षा खबर
२०७९ भाद्र १४, मंगलवार १९:०८

गोपाल झा
भाद्र १४, मंगलवार
मिथिलाञ्चल सहित मधेसका जिल्लाहरुमा श्रद्धा र विधिपूर्वक आज साँमm चन्द्रमाको पुजा अर्थात चौरचन पर्व मनाइँदैछ ।
भदौ शुक्लपक्ष चतुर्थीका दिन आज खासगरी मधेशी र थारु समुदायले बिशेष महत्वका साथ चन्द्रमा तथा गणेशका पुजा अर्चना गर्दै चौरचन पर्व मनाउने गर्दछन् ।
यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौरचन पर्व आज एकै दिन परेको छ ।
आज पर्वका दिन पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
यस पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपपोत गरी मिथिलान्चलमा चामलको पिठोले आँगनमा बनाईएको अरिपन माथी द्विप प्रज्ज्वलन गर्दै उपवास बसेको ब्रतालुले धरमै बनाईएको बिभिन्न प्रकारका मिष्टान , पुरी पेरुकिया खजूरी लगायतका समग्री सहित केरा ,खिरा , नारीयल, मकैका बाला र अनार जस्ता आफ्नै बारीमा पाईने फलफुलहरुका साथै यस पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, प्रसादको रुपमा चन्द्रमालाई अर्पण गरेरे पर्व समापन हुने परम्परा छ ।
यी मन्त्रोचारण गर्दै
दधि-शंख-तुषाराभं, क्षीरोदाणर्व-संभवम्। नमामि शशिनं भक्त्या, शंभोर्मुकुट भूषणम्।।’
सिंहः प्रसेनवमवधीत सिंहो जाम्बवताहतः । सुकुमारक मारो दीपस्तेह्राषव स्यमन्तकः ।
यस पर्बमा प्रसादका रुपमा राखीएका मिष्टान्न सहितका फलफुल हाथमा लिएर मात्रे चन्द्रमाको दर्शन गर्ने बिधान रहेको छ । आजका दिन खाली हाथ चन्द्रमाको दर्शन गर्नाले मिथ्या दोष लाग्ने धार्मीक मान्यता रही आएकाले हिन्दु धर्माबलम्बीहरुले आज मिष्टान्न लगायत फलफुल लिएर मात्रै चन्द्रमाको दर्शन गर्ने परम्परा रहेको छ ।
पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरु प्रसाद ग्रहण गर्छन् ।
चौरचन पर्व मधेसको पारम्परिक लोकपद्धतिमा आधारित पर्व हो । चौरचन पर्वमा न त कुनै भेदभाव हुन्छ, न त कुनै तामझाम । यस पर्वमा स्थानीयस्तरमा उत्पादन हुने अधिकांश कृषिजन्य सामग्रीहरुको प्रयोग हुने गर्दछन् ।
धार्मीक सास्त्र ग्रन्थ अनुसार भगवान श्रीकृष्णलाई आजकै दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङक छुटेकोले यस पर्वको पौराणिक महत्व स्थापित भएको मानिन्छ ।
द्वापरयुगमा द्वारिकापुरीमा सत्रजित नामका व्यक्तिले भगवान सूर्यको आराधना गरी निकै उत्कृष्ट स्यमन्तक मणि प्राप्त गरेको कथा श्रीमद्भागवात पुराणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर