Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

हाम्रो अधिकार ,सुशासन र बिकासको आधार नाराको साथ महोत्तरीमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्राम सम्पन्न

प्रतिक्षा खबर
२०७८ मंसिर १३, सोमबार २३:०२

गोपाल झा
महोत्तरी ,१३ मंसिर
महोत्तरीमा सुचनाको हक कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रीय सुचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीको अध्यक्षतामा सोमबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समिती महोत्तरीका सभापती सुरेश प्रसाद सिंह गर्नु भएको थियो । कार्यक्रममा स्थानियतहका प्रमुख , बिभिन्न कार्यलायका सुचना अधिकारी , पत्रकार संचारकर्मी ,सुचना अभियन्ता बिभिन्न पेसा तथा ब्यबसायमा कृयाशसल ब्यक्तीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोगका आयुक्त रत्न प्रसाद मैनालीले देशको सात प्रदेश मध्ये प्रदेश २मा सुचना माँगकर्ताको संख्या सबभन्दा बढी रहेको र सो मध्ये स्थानिय तहमा सबभन्दा बढी पाईएकोले सुचनाको हकको बारेमा प्रत्येक स्थानियतहले पनी यस्ता कार्यक्रम गर्नु पर्ने धारणा राख्दै जनप्रतिनििधहरुलाई सुमmाब दिनु भयो । वहाँले सही सहज, सत्य र तथ्यपुणर् सुचना प्रबाह गर्ने सन्दर्भमा सार्बजनिक निकायहरुलाई कन्जुस्याई न गर्न आग्रह गर्दै सुचना माँगकर्ता र सुचनादाता बिचको सम्बन्ध सुदृढ रहनुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा आयोगका सचिब कपिल प्रशाद उपाध्यायले सुचनाको हक कार्यान्वयनमा सार्बजनिक निकायको दायीत्व र कानुनी प्राबधानको बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने जिल्ला समन्वय समिती महोत्तरीका सभापती सुरेश प्रसाद सिंहले सार्बजनिक निकायमा कार्यरत सुचना अधिकारीहरु सुचनाको हक कार्यन्वयन र सार्बजनिक निकायले पुरागर्नु पर्ने नागरीक प्रतीको जवाफदेहिता पुरा गर्ने अग्रभागमा खटिनु पर्ने दायीत्व भएकोले कुनै हिचकिचाहट बिना सुचना प्रबाह गर्ने कानुनलेनै प्रदान गरेको अधिकारको प्रचलनका लागी सक्रीय हुनु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा पत्रकार महासंघ महोत्तरी साखाका अध्यक्ष कमलेश मण्डलले जनताको सुसुचित गर्ने पत्रकारको दाईत्व रहेकोले बिभिन्न सार्बजनीक निकाय संग सुचना माँग गर्दा सुचना अधिकारीहरुले अटेर गर्दै आइरहेको जानकारी गराउँदै उहाँले सुचना अधिकारी भनेर औपचारक्तिाकालागी मात्र तोक्नुभन्दा भुमिका दिएर सुचनाको हकको बिषयमा साकारात्मक सोचका साथ सहज रुपले सुचना माँगकर्तालाई सुचना उपलब्ध गराउनु पर्ने बाताबरण सम्बन्धीत निकायले बनायनु पर्ने धारणा राख्नु भएको थियो ।
सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता, खुलापन र जिम्मेवारी बोध जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य हुन्छ । सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनमा प्रभावकारी ल्याई राज्यका अगं र सार्वजनिक निकायहरू जनताप्रति उत्तरदायी, संवेदनशील र सक्रिय बनाउन सकेको खण्डमा गोपनीयताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्रमा परिवर्तन ल्याई जनउत्तरदायी, पारदर्शी, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन मद्दत पुग्दछ ।
राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने कानूनी व्यवस्था रहेकोले ,सुचना हाम्रो अधिकार ःसुशासन र बिकासको आधार नाराको साथ महोत्तरीमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्राम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर