Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

यूपीमा भाजपालाई झट्का, चलेन राम मन्दिरको रणनीति

प्रतिक्षा खबर
२०८१ जेष्ठ २२, मंगलवार २२:०१

२२ जेठ, काठमाडौं । भारतमा लोक सभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र विपक्षी कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको रुझानले मत सर्वेक्षणको नतिजा नमिलेको देखिन्छ । विभिन्न टेलिभिजन च्यानल र न्युज एजेन्सीहरुले गरेको मत सर्वेक्षणमा भाजपा नेतृत्वको गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको थियो । यसैगरी विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख थियो ।
तर अहिलेसम्मको रुझानमा एनडीए गठबन्धन ३०० सिटसम्म पनि पुग्न नसक्ने जस्तो देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतको निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म भाजपा २३८ सिटमा अगाडि छ । विपक्षी इण्डिया गठबन्धन २०० सिटमा अगाडि छ । कांग्रेस ९९, समाजवादी पार्टी ३७, तृणमुल कांग्रेस ३२ र डिएमके २१ सिटमा अगाडि छन् ।
सन् २०१९ मा भाजपाले ३०३ सिट जितेको थियो ।
यूपीमा समाजवादी अगाडि
नेपालसँग जोडिएको उत्तर प्रदेश (यूपी) मै भाजपालाई समाजवादी पार्टीले पछि पारेको छ । उत्तर प्रदेशमा लोक सभाका ८० सिट छन् ।
अहिलेसम्मको मत गणनामा समाजवादी पार्टी अग्रस्थानमा छ । समाजवादी पार्टी ३६ सिटमा र उसको सहयोगी कांग्रेस उम्मेदवार ८ सिटमा अगाडि छन् ।
भाजपा जम्मा ३२ सिटमा अगाडि छ । राष्ट्रिय लोक दल २ सिटमा तथा कांशिराम नेतृत्वको आजाद समाज पार्टी र अपना दल पार्टी एक–एक सिटमा अगाडि छन् ।
उत्तर प्रदेशको अयोध्यामा गत जनवरीमा भाजपाले तामझामका साथ राम मन्दिर प्राण प्रतिष्ठा गरे पनि त्यसले काम नगरेको कतिपयले विश्लेषण गरिरहेका छन् । चुनावको केही महिना अगाडि मात्रै भएको यो भव्य अनुष्ठानको उदघाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । विश्लेषकहरुले चुनावमा भाजपालाई यसको फाइदा हुन सक्ने अनुमान गरे पनि जारी मत गणनाको रुझान भने विपरीत देखिएको छ ।
फैजाबाद सिटमा भाजपाका लल्लु सिंह यसपटक पछि परेका छन् । उनीभन्दा करिब १० हजार भोट अन्तरले समाजवादी पार्टीका अवधेश प्रसाद अगाडि छन् ।
सन् २०१४ मा भाजपाका लल्लु सिंहले समाजवादी पार्टीका मित्रसेन यादवलाई २ लाख ८२ हजार ७७५ मतको भारी अन्तरले हराएका थिए । सन् २०१९ मा पनि लल्लु सिंहले समाजवादी पार्टीकै उम्मेदवार आनन्द सिंहलाई ६५ हजारभन्दा बढी मत अन्तरले हराएका थिए । कांग्रेसका निर्मल खत्री तेस्रो भएका थिए ।
हरियाणाका १० सिटमध्ये भाजपा र कांग्रेस ५–५ सिटमा अगाडि छन् । सन् २०१९ मा हरियाणाका सबै १० सिट भाजपाले जितेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर