Advertisement
ताजा खबर

आज रातिदेखि डीभी फारम खुला

प्रतिक्षा खबर
२०८१ आश्विन १६, बुधबार २१:२३

१६ असोज, काठमाडौं । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ ।

अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् ।

डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् । डीभीको फारम बुधबार रातिदेखि ५ नोभेम्बरसम्म भर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर