Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

मटिहानीमा दलित परिवारलाई ग्यास चुल्हा र सिलिण्डर वितरण

प्रतिक्षा खबर
२०७८ मंसिर १२, आईतवार ०६:२८

गोपाल झा
महोत्तरी,११ मंसिर
वन जंगलको विनास हुदै गईरहेको अवस्थामा दाउरा समेतको अभाव देखिएको तथा चिसो मौसममा माटोकै चुल्हो र घुरको कारण आगलागीका घटनाहरु समेत वढीरहेको तथा स्वास्थ्यमै समेत प्रतिकुल असर परिरहेको अवस्थाको मध्य नजर गर्दै महोत्तरीको मटिहानी नगरपालिकामा १३३ दलित परिवारलाई ग्यास चुल्हो र सिलिण्डर वितरण गरिएको छ ।
मटिहानी नगरपालिकाको आर्थिक लगानीमा वडा नं. ४,६,७ र ९ का १३३ दलित परिवारलाई ग्यास चुल्हो र सिलिण्डर वितरण गरिएको हो । मटिहानी नगरपालीकाका मेयर हरि प्रसाद मण्डल,उपमेयर र वडाअध्यक्षहरु तथा स्थानिय विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा मटिहानी स्थित राम मा.वि.को प्रांगणमा एक कार्यक्रम आयोजना गरि त्यस वडाका १३३ विपन्न दलित परिवारहरुलाई चुल्हो सेट र ग्यास सिलिण्डर दिइएको हो ।
मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले आज वितरण गरिएको सामग्री तपाईहरुसंग भेटघाट गर्दाको सानो कोसेली मात्र भएको बताउदै आउने दिनहरुमा अझै जेष्ठ नागरिक,गरिव तथा विपन्नको लागि विभिन्न सामग्री वितरणको कार्यक्रम रहेको बताए । उनले समय परिवर्तन हुदै गईरहेको अवस्थामा ग्यासमा खाना पकाउदा सहज हुने भएपनि ग्यासमा खाना पकाउदा अपनाउनु पर्ने सवै सावधानी वारे विस्तृत रुपमा बुझाउन तालिम दिने व्यक्तिहरु समेत यहि कार्यक्रममा उपलब्ध रहेकोले उनीहरुसंग सिकेरमात्र ग्यासको प्रयोग गर्न आग्रह गरे ।
मेयर मण्डलले नगरपालिकाका सवै नागरिकलाई ग्यास चुल्हा र सिलिण्डर दिन नसकिने भएपनि केहि लक्षित वर्ग तथा विपन्नहरुलाई उक्त सामग्री वितरण गर्ने लक्ष्य रहेको र सोहि अनुसार वितरण सुरु गरिएको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर