Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

हिन्दु सम्राट सेनाका अध्यक्ष सनातनी सहित पाँचैजना रिहा

प्रतिक्षा खबर
२०८२ आश्विन २०, सोमबार १६:०३

जनकपुरधाम, असोज २० । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा मा हिन्दु मुस्लिम बीच भएको विवादको विषयलाई लिएर पक्राउ परेका हिन्दू सम्राट सेनाका केन्द्रीय अध्यक्ष राजेश सनातनी सहित पाँच जना रिहा भएका छन ।

देवपुरा रुपैठाको विषयलाई लिएर जनकपुरधामको भानुचोकमा विरोध प्रदर्शनको क्रममा प्रहरीले अध्यक्ष राजेश सनातनी, ज्ञानेन्द्र झा र रमेश यादवसहित पांचजनालाई पक्राउ गरेको थियो ।

आइतवार राति पक्राउ परेकाहरुलाई सोमवार बिहान ११ बजे थुना मुक्त गरिएको हो । पक्राउ परेपछि उनीहरूलाई यथाशीघ्र रिहा नगरे अधिराज्यभरि ताण्डव मचाउने हिन्दू सम्राट सेनाले चेतावनी दिएको छ ।

जनकपुरधाम उपमहानगर मातहत रहेको तेलिया पोखरीको डिलमा मुस्लिम पक्षले घर बनाएर इस्लामिक झण्डा फरहाएपछि पटक पटक विवाद हुँदै आएको छ । पोखरीको डिल खाली गर्ने सहमति प्रशासन समक्ष पटक पटक भएपनि खाली हुन सकेको थिएन ।

दुर्गा माताको मूर्ति भसानको क्रममा दुई पक्षबीच झडप भएपछि सो घर जलाइएको थियो । जलाइएको घर मुस्लिम पक्षले पुनः बनाउने प्रयास गरेपछि आइतवार समेत विवाद भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर