Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

रेशम चौधरीले भने : क्षमा चाहिँदैन, न्याय देऊ

प्रतिक्षा खबर
२०७८ श्रावण ११, सोमबार १६:५१

११ साउन, काठमाडौं । सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्‍याइएका रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) को विवादमा तटस्थ बसेका छन् । तर आफ्नो रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् ।
महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो । ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्य रेशम भने टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका छन् ।
निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गरायो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका उनले कुनै पक्षमा सनाखत गरेनन् । तर बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका छन् । राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।
कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।
जसपाको महन्थ ठाकुर पक्षले तत्कालीन प्रधानमन्त्री केपी शर्मा आली पक्षलाई साथ दिँदा चौधरीको रिहाइलाई मुद्दा बनाएको थियो । उनी रिहा नभएसम्म सरकारमा नजाने यो समूहको अडान थियो । तर उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनको रिहाई नेताहरुले चाहे जस्तो हसज थिएन ।
सत्तारुढ दलका नेताहरुले रिहा गर्न सम्भव नहुने भएकाले आममाफीको दिन सक्ने बताएका थिए । यसबारे कुनै टुंगो नभई जसपाको ठाकुर पक्ष सरकारमा गएको थियो । तर १९ दिनमै सरकारबाट हट्नुपर्‍यो । अब उपेन्द्र यादव पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ ।
अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर