Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

बंगलादेशलाई हराएपछि भारतको सेमिफाइनल सम्भावना बलियाे

प्रतिक्षा खबर
२०७९ कार्तिक १६, बुधबार २०:०६

अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपमा बुधबार भारतले छिमेकी प्रतिद्वन्दी बंगलादेशलाई डीएल प्रणालीका आधामा ५ रनले पराजित गरेको छ ।
वर्षाले प्रभावित खेलको दोस्रो इनिङ्समा बंगलादेशमाथि रोमाञ्चक जित निकालेसँगै भारत सुपर १२ को समूह बी मा चार खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेश भने चार खेलबाट ४ अंकसहित तेस्रो स्थानमै यथावत छ ।
भारतले अन्तिम खेल जिम्बावेसँग खेल्नेछ भने बंगलादेशले पाकिस्तानसँग खेल्न बाँकी छ ।
१८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले दोस्रो इनिङ्समा पानी परेपछि १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पाएको थियो । तर, ६ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरे पनि वर्षाले खेल प्रभावित हुँदा बंगलादेशले राम्रो खेलेर पनि जित्न सकेन ।
भारतले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले उत्कृष्ट सुरुवात गरेको थियो । ओपनर लिट्टन दासले आक्रमक ब्याटिङ गरेपछि बंगलादेशले ७ ओभरमै विना क्षति ६६ रन बनाएको थियो । त्यसपछि पानी पर्दा खेल केहिबेर रोकियो । वर्षा रोकिएपछि चार ओभर घटाएर फेरि सुरु भयो र बंगलादेशले १६ ओभरमा १५१ रनको नयाँ लक्ष्य पायो । बंगलादेशले खेल जित्न ५४ बलमा ८५ रन बनाउनुपर्ने भयो ।
वर्षापछिको खेलमा बंगलादेशले ‘मोमेन्टम गुमायो’ भने भारतले पुनरागमन गर्‍यो ।
पुनः सुरु भएको खेलकाे दोस्रो बलमै लिट्टोन दास रन आउट भए । उनले २७ बलमा सर्वाधिक ६० रन बनाए । यस क्रममा ७ चौका र ३ छक्का प्रहार गरे । लिट्टन आउट भएपछि बंगलादेशले लगातार विकेट गुमायो । दशौं ओभरको पहिलो बलमा अर्का ओपनर नाजमुल होसेन शान्तो आउट भए । उनले २५ बलमा २१ रन बनाए ।
१२ औं र १३औं ओभरमा बंगलादेशले दुई-दुई विकेट गुमायो । भारतका अर्शदीप सिंहले १२ औं ओभरमा आफिफ होसेन र कप्तान शकिब अल हुसेनलाई आउट गरे । शकिबले १३ र अफिफले ३ रन बनाए ।
त्यसपछि हार्दिक पाण्ड्याले यासिर अली र मोसाडेक होसेनलाई एकै ओभरमा आउट गरेपछि १३ ओभर सकिँदा बंगलादेश १०८–६ को अवस्थामा पुग्यो ।
अन्तिम ३ ओभरमा बंगलादेशलाई जितका लागि ४३ रन आवश्यक थियो । क्रिजमा रहेका विकेटकिपर ब्याटर नुरुल हसन र तस्किन अहमदले इनिङ्स अघि बढाए ।
बंगलादेशले १४औं ओभरमा १२ र १५औं ओभरमा ११ रन जोडेपछि अन्तिम ओभरमा जितका लागि २० रन आवश्यक भयो । अर्शदीपले बलिङ गरेको उक्त ओभरमा बंगलादेशले एक छक्का र एक चौकासहित १४ रन मात्र जोड्न सक्यो ।
नुरुल हसनले १४ बलमा अविजित २५ रन बनाए । तस्किनले ७ बलमा अविजित १२ रन जोडे ।
भारतका लागि अर्शदीप र हार्दिकले २-२ विकेट लिए । मोहम्मद शामीले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले केएल राहुल र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । यसअघि लगातार फ्लप हुँदै आएका केएल राहुल बंगलादेश विरुद्ध भने ३२ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५० रन बनाए ।
कोहलीले अविजित ६४ रन बनाउने क्रममा ४४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । सूर्यकुमार यादवले १६ बलमा ३० रन बनाए । रविचन्द्र आश्विनले ६ बल खेल्दै अविजित १३ रन जोडे ।
बंगालदेशका लागि हसन महमुदले ३ तथा कप्तान शकिब अल हसनले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर