Advertisement

वेस्ट बैंकमा इजरायली आक्रमणमा ६ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ भाद्र ११, मंगलवार २३:२९

रफाह । इजरायलले वेस्ट बैंकमा शरणार्थी शिविर रहेको स्थानमा हवाई हमला गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । मर्नेमा दुई जना बालबालिका समेत रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ)ले पनि यो आक्रमणको पुष्टि गरेको छ । आक्रमण तुल्कराम शहर नजिक नुर शम्स क्याम्पमा भएको हो । अर्को एक जना भने बेथलहेम नजिक गोली लागेर मरेको बताइएको छ ।

यस घटनामा अरू तीन जना घाइते भएका थिए । आईडीएफले यी खबरहरुमाथि छानबिन गरिरहेको छ । अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा हमला गरेलगत्तै गाजा युद्ध शुरु भएयता वेस्ट बैंकमा हिंसा बढेको छ ।

अक्टोबर ७ यता वेस्ट बैंकमा इजरायलले गरेको हवाई हमलामा २६ जना बालबालिकासमेत १२८ जना प्यालेष्टिनीको मृत्यु भएको बुधबार संयुक्त राष्ट्र संघ (यूएन)ले बताएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर