Advertisement
ताजा खबर
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव

☰

भ्रष्टाचार मुद्दामा परेका वडाध्यक्ष यादव पुनः वडा अध्यक्षमा पुनर्बहाली

प्रतिक्षा खबर
२०७७ मंसिर १२, शुक्रबार १९:३९

सप्तरी, मंसिर १२ गते ।
सप्तरीको रुपनी गाँउपालिका वडा नम्वर १ का निलम्बित वडा अध्यक्ष पिताम्बर यादव पुनः वडा अध्यक्षमा पुनर्बहाली भएको छ । २०७५ मसिंर २१ गते उच्च अदालत राजविराज जनकपुर इजलासले अध्यक्ष यादवलाई पुरानो मुद्दामा भ्रष्टाचार ठहर भएको सुनाएको थियो ।
वडा अध्यक्षमा निर्वाचित हुनु अघि जिल्ला शिक्षा कार्यालय उदायपुरमा सव–इन्जिनियको पदमा कार्यरत रहदा भ्रष्टाचारको मुद्दा लागेको थियो । सो मुद्दा लागेपछि आफ्नो १० वर्षे जागिर अवधिबाट उनले राजीनामा दिई तत्कालीन राजपाबाट वडा अध्यक्षका पदमा उमेदबारी दिए पश्चात निर्वाचित भए ।
निर्वाचित भईसकेपछि सोही मुद्दालाई लिएर केही स्थानीयहरुले भ्रटाचारीको मुद्दा लागेको व्यक्तिलाई वडा अध्यक्ष पदमा बस्न नपाउने भन्दै उच्च अदालत राजविराज जनकपुर इजलासमा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा यादवलाई २०७५ मसिंर २१ गते वडा अध्यक्ष पदबाट निलम्बन गरेको थियो ।
त्यस पश्चात वडा अध्यक्ष यादवले उच्च अदालतमा मुद्दा दोहोर्याई पाँउ भनी निवेदन दिएकोमा सर्वोच्चले २०७७ मसिंर ७ गते भ्रष्टाचारी सम्बन्धी मुद्दा कारबाहीको क्रममा रहेको भन्दै भ्रष्टाचार मुद्दा समेतमा ठहरे बमोजिम कारबाही हुने नै हुँदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाज गर्ने रोक नलगाउनु, रोक लगाउन नदिनु भनी रुपनी गाँउपालिकाको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको हो ।
यसैबीच सोही आदेशलाई आधार मानी शुक्रबार रुपनी गाउँपालिका वडा नम्बर १ को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष हरेराम यादवले वडा अध्यक्ष यादवलाई आजैबाट कामकाज गर्ने गरी पुनर्बहाली भएको घोषणा गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर