Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

गठबन्धनको नाँउमा आत्मघाति कदम चाल्न बाध्य छैनौ अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७९ भाद्र २६, आईतवार २२:३२

जनकपुरधाम, भदौ २६ । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको नाउमा आत्मघाती कदम चाल्न बाध्य नरहेको बताउनु भएको छ ।
पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु हुँदै अध्यक्ष यादवले लोकतन्त्र र संघीयताको रक्षाको लागि गठबन्धन अपरिहार्य रहे पनि मधेशी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरि गठबन्धनको नाउमा आँखा चिम्लेर कुनै आत्मघाती चाल्न तयार नरहेको स्पष्ट पार्नु भयो ।
संघीयता र गणतन्त्र संकटमा परेको बेला जनता समाजावादी पार्टीकै नेतृत्वमा गठबन्धन निर्माण गर्ने कार्य भएको स्मरण गराउदै अध्यक्ष यादवले आफुहरु गठबन्धनको पक्षमै रहेको भएपनि संघीयता र गणतन्त्रको लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जनता समाजवादी पार्टीको सिट बाँडफाँडमा सम्मानजनक तालमेल हुनु पर्ने उल्लेख गर्नु भयो ।
मधेशको शक्तिलाई कमजोर आंकलन नगर्न काँग्रेस कम्युनिष्ट चेतावनी दिनु हुँदै अध्यक्ष यादवले मधेशको शक्तिले सम्मान जनक स्थान पाए मात्र गठबन्धन बलियो हुने धारणा समेत राख्नु भयो ।
उहाँले समाजिक विकृतिको रुपमा रहेकोपिछडा वर्गहरु माथिको अन्याय अन्तको लागि संवैधानिक रुपमै पहल गर्नुपर्ने उल्लेख गर्नु हुँदै दलित र पिछडा वर्गको उन्नति विना देश समृद्धिको कल्पना कोरा सपना मात्र हुने दावी गर्नु भयो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठुलो हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नु हुँदै उनिहरुको समाजिक उत्थानको लागि प्रदेश सरकारले बजेट विनियोजन समेत गरेको बताउनु भयो ।
उहाँले पिछडा वर्गको सूचिकरण लगायतका कामको लागि छुट्टै समिति बनाउनु आवश्यक रहेको उल्लेख गर्नु हुँदै ऐन बनाउन नसकिए पनि गठब आदेश बाटै समिति बनाउने प्रक्रियामा रहेको बताउनु भयो ।
पिछडा वर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा प्रदेश सभा सदस्य राम अशिष यादव, जसपा नेता बलराम महतो लगायतले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर