Advertisement
ताजा खबर
मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

☰

२४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ आश्विन २५, आईतवार १८:५७

२५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन्, जसमध्ये ११४५ काठमाडौं, १६१ ललितपुर र ११० भक्तपुरका छन् ।
यस्तै बर्दियाका १०४ जना, रुपन्देहीका ९८, बाग्लुङ र कैलालीका ३६/३६ जना, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखा र बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरी र नवलपरासीका १३/१३ जना, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङ, दैलेख र रुकुम पश्चिमका ९/९ जना, सिराहाका ७, धादिङका ६, मकवानपुरका ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४/४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३/३ जनfm धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर