Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

दुई दर्जन बढी किसानलाई मौरीको घार वितरण 

प्रतिक्षा खबर
२०८२ बैशाख ९, मंगलवार १७:०८

९ वैशाख, सर्लाही । सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।

नेपाल मौरीपालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए ।

उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिवासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।

प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासङ्घका अध्यक्ष डम्बरदेव पाण्डेले बताए ।

उनका अनुसार जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका गरी २८ जना किसानलाई परियोजनाले समेटेको छ ।

४६ प्रतिशत अनुदानमा प्रतिकिसान १९ घार, १९ स्टैन्ड, १९ फिल्टर, एउटा टोपी, १९ किलो आधार चाका र एक जोडी पञ्जा वितरण गरिएको पाण्डेले जानकारी दिए ।

किसान हेमराज देवकोटाले २८ किसानका लागि सामूहिक आधार चाका निर्माणका लागि एक थान मेसिनसमेत प्राप्त भएको मौरीपालक बताए ।

किसानको वृत्तिविकासका लागि परियोजनाले पहिलो चरणमा पाँच सय ३२ वटा मौरीको घार वितरण गरेको अध्यक्ष पाण्डेले बताए ।

उक्त सामग्री हरिवन नगरपालिकाकी प्रमुख हरिमाया घलानले किसानलाई वितरण गरेकी हुन् । यस कार्यक्रमले किसानको दिगो विकासमा टेवा पुर्‍याउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर