Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर
☰

वीरगञ्जमा कोरोनाले ९ दिनमा ९ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण १६, शुक्रबार २१:५२

सुरेश बिडारी
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चार जनाको मृत्यु भयो । चारमध्ये तीन जनाको मृत्यु वीरगञ्जमै भयो भने पाटन अस्पताल, ललितपुरमा मृत्यु भएका संक्रमित पनि वीरगञ्जसँगै जोडिएका छन् ।
वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा उपचारका क्रममा बिहीबार मृत्यु भयो । ज्वरो आउनुका साथै श्वासप्रस्वासमा समस्या आएपनि मंगलबार अस्पताल पुगेका स्वाब संकलन गरेर उनको आकस्मिक कक्षमै उपचार भइरहेको थियो । बेलुकी ७ : ४० बजे उनको मृत्यु भयो । मृत्यु भइसकेपछि आएको रिपोर्टमा कोरोना संक्रमण पाइयो ।
जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको बिहीबार राति ११ बजेतिर मृत्यु भयो । मुटुको वाइपास सर्जरी गरिसकेका ५६ बर्षीय उनलाई कोरोना संक्रमण भएको साउन ६ गते नै पुष्टि भएको थियो । साउन ७ गते दिउँसो गण्डक अस्पतालमा भर्ना भएका उनको आईसीयूमा उपचार चल्दै थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बिहीबार दिउँसोदेखि शरीरमा अक्सिजनको मात्रा कम हुँदै गयो । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन सकिएन ।
वीरगञ्ज–२ छपकैयाका ६५ बर्षीय पुरुषको घरमै मृत्यु भएको थियो । उनी सुगरका विरामी भएको थाहा पाएपछि नारायणी अस्पतालको टोलीले स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पाइयो ।
पर्साको वीरगञ्जमा पहिलो पटक २९ चैत २०७६ मा तीन जना भारतीय जमातीमा कोरोन भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता उकालो लागेको कोरोना संक्रमितको ग्राफ असार मध्यतिर आइपुग्दा निकै घटेको थियो । दैनिक पहिचान हुने संक्रमितको संख्या घटेर दुई अंकभन्दा पनि कममा आइपुगेको थियो ।
तर अहिले अवस्था फेरिएको छ । वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या मात्र बढेको छैन, पछिल्लो ९ दिनमा मात्र जिल्लाका ९ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय, पर्साका तथ्यांकअनुसार जिल्लामा हालसम्म ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३९ स्वास्थ्यकर्मी, १५ कैदी, ८ सुरक्षाकर्मी, ८ अस्पताल सफाइकर्मी, २ एम्बुलेन्स चालक र दुई जना पत्रकारसमेत रहेका छन् ।
साउन महिनामा कोभिड–१९ को संक्रमणबाट वीरगञ्जमा मृत्यु भएकामध्ये धेरै दीर्घरोगी छन् ।
४ जनामा मुटुसम्बन्धी समस्या थियो । उनीहरुमध्ये दुई जनामा मधुमेह पनि थियो । यस्तै दुई जना मृगौलासम्बन्धी समस्याले पीडित थिए भने एक जना मधुमेहको उपचार गराउँदै आएका व्यक्ति हुन् ।
धेरै संक्रमितमा अक्सिजन कमी हुने र श्वासप्रस्वासमा समस्या आउने गरेको अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंह बताउँछन् ।
‘पछिल्ला दिनमा लक्षण भएका संक्रमित धेरै देखिएका छन्’ उनले भने, ‘संक्रमित मध्ये दीर्घरोगीहरुलाई बढी गलाएको छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनीहरुले श्वास लिन सक्दैनन् र मृत्यु हुने गरेको छ ।
तर दीर्घरोग नभएका एक जना पुरुष र महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको उपचारमा संलग्न डा. निरज सिंहकाअनुसार युवा उमेरकाहरुमा संक्रमणको असर तत्काल देखिँदैन । त्यसैले उनीहरुले उपचारका लागि पनि ढिलो आउँछन् । त्यही कारण जोगाउन गाह्रो भएको उनी बताउँछन् ।
‘बिहीबार मृत्यु भएका ३५ बर्षीय युवकलाई साउन ५ गते ज्वरो आएको रहेछ, तर १३ गते मात्रै स्वाब संकलन भयो । रिपोर्ट नआउँदै उनको स्वास्थ्य अवस्था बिग्रिन थालिसकेको थियो’ डा सिंहले भने, ‘कोरोना परीक्षणको रिपोर्ट नआई आइसोलेसनमा राख्न सकिएन । इमर्जेन्सीमा राख्नु र आईसीयूमा उपचार गर्नुमा धेरे फरक हुन्छ ।
यसले कोभिड अस्पतालको इमर्जेन्सीमै आईसीयू र भेन्टिलेटर सुविधा पनि राख्नुपर्ने आवश्यकता औल्याएको डा. सिंह बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर