Advertisement
ताजा खबर

महोत्तरी ३ ख मा स्वतन्त्रको पलरा भारी

प्रतिक्षा खबर
२०७९ कार्तिक २६, शनिबार ००:३८

महोत्तरी, कार्तिक २६ गते

महोत्तरी क्षेत्र नम्बर ३ ख मा प्रदेश सभा सदीयका लागी स्वतन्त्र उमेरी दिएका उज्वल कुमार झाको चर्चा देखिएको छ ।

निर्वाचनका मिति नजिकदै जाँदा चुनावी सरगर्मी पनि तिव्र हुन थालेको छ । उम्मेदवारहरु मतदाता रिझाउन टोल-टोल घर-घर दौडाहा मा व्यस्त देखिएका छन ।

यता चुनावी वातारण नियालदै गरेका मतदाता आफ्नो मत दिने उपयुक्त उम्मेदवारका बारे नापतोल गरिरहेका छन ।

महोत्तरी ३ प्रदेश ख मा भने चुनावी तापक्रमको मिटर दिनानुदिन बढदै गएको छ ।प्रदेश सभा का लागी उम्मेदवारी दिएका उम्मेदवारहरु कस्सीएर मैदानमा आफ्नो चुनाबी कार्यक्रम गरिरहेका छन ।

प्रदेश ख मा राजनीतिक दल तथा स्वतंत्र गरि कुल २८ जना उम्मेदवार ले आफ्ना उम्मेदवारी दर्ता गराएका छन ।

वैशाखमा सम्पन्न भएको स्थानीय चुनाव को नतिजा लाई आधार मान्ने हो भने यस क्षेत्रमा नेकपा एमाले र जसपा का वडाध्यक्ष उम्मेदवार हरुले अत्याधिक विजयी हासिल गर्न सफल भए पनी सत्ता मोहका कारण बिभिन्न पार्टीहरु मिलेर गठबनधन बनाएर स्वार्थको राजनिति गरेको भन्दै पार्टीकोलागी मात्रै मतदान गरेका मतदाताहरु अब स्वतन्त्रको खोजीमा रहेको एकजना मतदाताको भनाई छ ।

तराई मधेशका मुख्य मुद्दाका रुपमा रहेका नागरीक्ता , मधेश आन्दोलनका क्रममा लगाईएको मुद्दा फिर्ता , सहिद परिवारको उचित रेखदेख जस्ता माँगहरुलाई किनारा लगाएर  मात्र सत्तामोह र लोभको लागी गठबन्धन गरेको भन्दै स्वतन्त्र उमेदबारको पक्षमा मतदान गर्ने चर्चा पाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर