Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बलात्कारको आरोपमा दुई जना पक्राउ

प्रतिक्षा खबर
२०७७ मंसिर १४, आईतवार २०:५९

१४ मंसिर, वीरगञ्ज । पर्सामा बालिकालाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन् । सखुवाप्रसौनी–२ का १९ वर्षीय देश शंकर चौधरी र विन्दवासिनी–४ अमरपट्टीका २६ वर्षीय उमेश ठाकुर पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार, देश शंकरलाई गत शुक्रबार गाउँकै ४ वर्षीया बालिकालाई करणी गरेको अरोप लागेको छ । खेलिरहेकी बालिकालाई नरिवल दिने प्रलोभन देखाई करणी गरेको बालिकाका आफन्तले बताएका छन् ।
अमरपट्टीका उमेशलाई ६ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेको छ । मंसिर ३ गते नै घटना भएको थियो । उमेशले फकाएर बालिकाको यौनाङ्गमा औंला पसाएको आरोप आफन्तले लगाएका छन् ।
आरोपी दुवैमाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बर्तौलाले बताए । दुवै बालिकाको स्वास्थ्य परीक्षण भइसकेको भएपनि रिपोर्ट भने आइसकेको छैन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को साउन यता पर्सामा जबरजस्ती करणी १५ वटा, जबरजस्ती करणी उद्योगका ३ वटा र यौन दुर्व्यवहारको ४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर