Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महोत्तरीमा २० प्रतिसत मात्र रोपाई , सुख्खा क्षेत्र घोषणाको सिफारीस गर्ने निणर्य

प्रतिक्षा खबर
२०८० श्रावण १९, शुक्रबार २३:५५

गोपाल झा

महोत्तरी , श्रावण १९ गते

सिचाईको अभावले साउन महिनाको तेश्रो हप्ता बित्न लाग्दा पनी महोत्तरीमा २० प्रतिसत मात्र धान रोपाई भएको हुनाले जिल्लाकै १५ वटै स्थानियतहलाई सर्व पक्षिय सर्व दलिय सहमति अनुसार सुख्खा क्षेत्र घोषण गर्नका लागि सिफारिस गर्ने निणर्य गरिएको छ ।

महोत्तरीला प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कणर्को प्रमुख आतिथ्यमा विपद् जोखिमन्यूनीकरण व्यवस्थापन सम्बन्धि सम्पन्न बैठकले महोत्तरी जिल्लाको सुख्खा क्षेत्र घोषण गर्नका सिफारिस गर्ने निणर्य गरिएको हो ।

बिहिबार बसेको सर्व पक्षिय सर्व दलिय बसेको बैठकमा कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख ,रामचन्द्र यादवले जिल्लाका १५ वटै स्थानिय तहमा साउन महिनाको तेश्रो हप्ता बित्न लाग्दा पनी २०.४० प्रतिशत धान रोपाई मात्र भएको विवरण प्रसतुत गर्नुभएको थियो । कृषि ज्ञान केन्द्रका विवरण अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ बमोजिम जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले यस वर्ष वर्षातको समयमा भएको अनावृष्टि र खडेरीका कारण जिल्ला भित्रका धान रोपाई अति न्यून रहेको र खडेरीको निरन्तरताले रोपाई भएका धानवाली समेत डढ्न थालेको कारण खाद्यान्न संकटको अवस्था सिर्जना भएको भन्दै  जिल्लाई सुख्खा क्षेत्र घोषण गर्न प्रदेश तथा संघ सरकारलाई सिफारिस गर्ने निणर्य गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीका अनुसार जिल्लाका सम्पुणर् स्थानियतहहरुलाई  सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई प्रत्येक्ष लाभ हुने बैकल्पिक बालिको बीउ, आगामी हिउँदे खाद्यान्न वाली ( गहुँ ,मकै) को बीउ मलखाद र सिचाइ सहित थप राहत उपलब्ध गराउन तथा अन्य आवश्यक व्यवस्थापनको लागी प्रदेश र संघ सरकारबाट सहयोग माग गरिने निणर्य समेत गरेको हो ।

कार्यक्रममा १५ वटै स्थानियतहका प्रमुखहरु लगायत स्वास्थ्य प्रमुख,कृषि ज्ञान केन्द्र प्रमुख ,रेड्क्रस सोशाईटीका प्रमुख, नेपाल खानेपानी जलेश्वरका प्रमुख,गैर सहकारी सस्था महासंघका प्रमुख विभिन्न संघ सस्थाका विज्ञहरूको उपस्थितिमा रहेको थियो ।

गत बर्ष अषाढ मसान्त सम्म जिल्लामा धान खेती हुने क्षेत्रफलमध्ये ७५ प्रतिशत धान रोपाइँ पूरा भइसकेको थियो । तर यस वर्ष समयमै वर्षा नहुँदा साउन को तेश्रो हप्तासम्म पनी २० प्रतिशतमात्र धान रोपाइँ हुन सकेको छ ।

समयमै वर्षा नहुँदा यस वर्ष महोत्तरीमा धान उत्पादनमा ह्रास आउने निश्चिीत देखीएको छ । गत वर्ष तीन मेट्रिक टन प्रति हेक्टर धान उत्पादन भएको थियो । तर, यस वर्ष भने भएको रोई पनी पानीको अभावले सुक्न थालेपछी कमी आउने सङ्केत देखिएको छ ।

महोत्तरीमा ६७ हजार ५सय ५२ हेक्टर खेती योग्य जमिन छ । जसमध्ये ४६ हजार पाँच सय हेक्टरमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तीन वर्ष अघिसम्म ६८ हजार हेक्टर खेतीयोग्य जग्गा महोत्तरीमा थियो । त्यसमा पनि कमी आएको छ । जग्गाहरुको प्लटिङ गरी बस्तीहरु विस्तार हुन थालेपछि खेती योग्य जग्गामा समेत कमी आएको बताईएको छ ।

महोत्तरीमा २० हजार हेक्टर खेतीयोग्य जमिन पूणर् सिंचित छ भने ४७ हजार हेक्टर जमिन अर्ध सिंचित छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर