Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा

प्रतिक्षा खबर
२०७७ श्रावण ५, सोमबार ०९:११

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बाँध तथा विभिन्न संरचनाका कारण नेपाली भूमि डुबानमा परेको निष्कर्ष निकाल्दै त्यस विषयमा भारतसँग वार्ताको पहल थालेको छ ।
मन्त्रालय र सिँचाइ विभाग तथा परराष्ट्र मन्त्रालयबीच वार्ताका लागि चिठी पठाउन आवश्यक गृहकार्य भइरहेको सिँचाइ विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण महाशाखा प्रमुख प्रदीप थापाले जानकारी दिए । ‘वार्ताका लागि भारतलाई चाँडै चिठी पठाउने तयारी छ,’ उनले भने ।
नेपाल र भारतबीच बाढी तथा डुबान र यससँग जोडिएका समस्याबारे परराष्ट्र मन्त्रालयमार्फत निरन्तर कूटनीतिक नोट्स आदान–प्रदान भने भइरहेको उनले जानकारी दिए । यता शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई राखेर तत्काल बैठक डाकी भारतीय पक्षसँग वार्ता थाल्न निर्देशन दिएका थिए । त्यसैले वार्ताको तयारी थालिएको छ ।
मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसिआइएफएम)को बैठक तत्काल डाक्न निर्देशन दिएका थिए ।
नियमित कार्यतालिकाअनुसार जेसिआइएफएमको बैठक हरेक वर्ष नोभेम्बरमा बस्ने गर्छ । ‘वार्ताका लागि भारतीय पक्षलाई तत्कालै खबर गर्छौँ,’ सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने ।
दुवै देशका सहसचिव रहने उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् । भारतले नेपालको सीमानजिक नदीको प्राकृतिक वहाव रोक्ने गरी बाँध बनाइसकेका स्थानमा ती हटाउनुपर्ने र नयाँ संरचना बन्न नदिने नेपाली पक्षको एजेन्डा हुनेछ ।
नेपाल र भारतका सीमा क्षेत्रमा रहेका सम्पर्क कार्यालयबीच भने अनौपचारिक छलफल भइरहेको जलउत्पन्न प्रकोप नियन्त्रण महाशाखाले जानकारी दिएको छ । कुनै समस्या आउँदा आफ्ना सरकारी संयन्त्रलाई खबर गर्ने काम पनि भइरहेको महाशाखा प्रमुख थापाले जानकारी दिए ।
सभार नाँया पत्रिका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर