जनकपुरधाम,मंसिर २९ गते ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १ सीता चौकस्थित मेस्तर वस्तीमा संचालित इजोत निशुल्क ट्युसन सेन्टरम स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

शिक्षा प्रेमी प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा इजोत ट्युसन सन्टरमा अध्ययनरत वालवालिकहरु र सफाईकर्मी अभिभावकहरुलाई चिकित्सकहरुले उपचार गरि ओैषधि समेत उपलब्ध गराएका छन।

हेल्ली स्कुल कार्यक्रमका संयोजक डा निरन्जन गोईतको संयोजन भएको स्वास्थ्य शिविरमा डा दिग विजय ठाकुर ,डा लक्ष्मीनारायण गोईत,डा दिलिप यादव,डा बुधराम यादव सहितका चिकित्सकहरुले वालवालिका र अभिभावकहरुलाई उपचार गरेका छन।

सो अवसरमा इजोत ट्युसन सेन्टरमा अध्ययनरत वालवालिकाहरुलाई समाजिक अभियन्ता अनिता यादवले कापी ,पेन्सिल ,कटर, इरेजर सहितका शैक्षिक सामाग्री उपलब्ध गराएका छिन।







