Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मधेसमा लोप हुन लाग्यो होली पर्वमा डम्फुको तालमा गाइने जोगिरा!

प्रतिक्षा खबर
२०७६ फाल्गुन २२, बिहीबार १०:०८

धर्वेन्द्र कुमार यादव(यदुवंशी),औरही। होली पर्वको आगमनसँगै महोत्तरी लगायत मिथिलाञ्चलको गाउँ गाउँमा गाइने जोगिरा एक प्रकारको परम्परागत गीत लोप हुँदै गएको छ ।

महोत्तरीको प्रत्येक गाउँको टोलटोलमा विगतका वर्षमा सुनिने जोगिरा अब सुनिन छोडिएको वृद्धहरुको भनाइ छ । पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा अबेर रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धाको छुट्टाछुट्टै टोलीले समूह बनाई जोगिरा गाउने चलन थियो ।

डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमबाट देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्ष–विनोदका भाव गीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हुँदै गएको छ । होली पर्वको आज आठ दिन बाँकी रहँदा पनि महोत्तरीका गाउँपालिका र नगरपालिकाका कुनै गाउँ ठाउँमा यो वर्ष जोगिरा सुन्न नपाएको जिल्लावासी बताउँछन् ।

मिथिलाञ्चलमा होली पर्वको अवसरमा गाइने जोगिरा संस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा औरही नगरपालिकाको खाँचो देखिएको औरही –२ का राम बिनेश यादवले बताउनुभयो । पहिला पहिला जोगिरा गाउन होलीको एक महिनापूर्व नै देश–परदेशमा रोजगारीमा गएका युवा, वयस्क आ–आफ्ना घर फर्केर आउँथे र होलीको अवसरमा एक महिनासम्म गाउँ गाउँमा अबेर रातिसम्म जोगिराले गाउँगाउँ गुञ्जायमान बनेको हुन्थ्यो तर अहिले ती सबै हराएर गएको सोनामा गाउपलिक वडा नम्बर ६ मगरथानाका धर्मेन्द्र कुमार यादवले बताउनुहुन्छ ।

जोगिराको अन्त्यसँगै सामाजिक सद्भाव पनि घट्दै गएको छ, अनि मिथिलाको मौलिक परम्पराका रुपमा रहेको फागु गीत पनि लोप हुन थालेको औरही गाउँका वृद्ध लखन यादवले बताउनुभयो । जोगिरा गाउने परम्परा संरक्षणको आवश्यकता रहेको बताउनुहुँदै वृद्ध ले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यसको लोप हँुदै गएको निष्कर्ष निकालेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर